प्रमुख निर्वाचन आयुक्त थपलियाको ‘गाउँ फर्कन्छु’



 

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त एवं स्रष्टा दिनेशकुमार  थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ बजारमा आएको छ । साझा प्रकाशनबाट प्रकाशित उक्त कृतिमा उनका विसं २०४० देखि २०६३ सालसम्म रचिएका ३३ कविता समाविष्ट छन् । निजामती सेवामा लामो समय सेवा गरी  सरकारको सचिवबाट अवकाशप्राप्त थपलियाले आफ्ना अनुभव र भोगाइका आधारमा कविता, गीत र मुक्तक लेख्दै आएका छन् । उनका दर्जनौैँ गीत रेकर्ड भएका छन् ।

अच्छाराई रसिक प्रतिष्ठानले शनिबार सुनसरीमा आयोजना गरेको कार्यक्रममा  वरिष्ठ साहित्यकार प्रा डा टङ्क न्यौपानेबाट कृतिको विमोचन गरिएको छ । उनले थपलियाका कविताहरु युगबोधी भएको बताए ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र  मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थपलियाको साहित्यिक व्यक्तित्व पनि उत्तिकै सक्रिय  पाठकका लागि खुसीको विषय भएको बताए ।

कृतिमाथि समीक्षा गर्दै समालोचकद्वय डा टीका आत्रेय र दीपक न्यौपानेले थपलियाका कवितामा जीवन र जगत्का भोगाइका साथै व्यङ्ग्यात्मक प्रस्तुतिसमेत पाइने र तिनले सामाजिक रुपान्तरणमा टेवा मिल्ने बताए । कार्यक्रममा कवि अनिल पौडेलले कविको चिनारी प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको

पूर्वप्रधानमन्त्री चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको