काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले निर्वाचित र पदेन प्रतिनिधिहरू (दुई हजार १५४) को पाँच प्रतिशत हुन आउने १०८ सदस्य प्रतिनिधि मनोनयन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
नामावली शनिबार सार्वजनिक हुनेछ । बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ ।
सचिवालयले बैठकले हालै नेपाल सरकार र जेनजीका प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कार्यादेश र संविधानविपरीत भएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताए ।

प्रतिक्रिया