‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा



काठमाडौं । चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनुदित सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का शीर्षकथालगायत ६ कथा समाविष्ट छन् ।

निराला पब्लिकेसन्स नयाँदिल्लीद्वारा प्रकाशित सङ्ग्रहका कथाहरू अतीतावलोकन(पुरानो स्मृतिलाई अगाडि ल्याउने) गरी प्रस्तुत गरिएको छ । धेरै पुरस्कारहरू प्राप्त पूर्वस्मृति शैलीमा नाम कहलिएका आख्यानकार मानिन्छन् । हालसम्म उनका कृति २० भन्दा बढी भाषामा ४० देशमा ६० औँ संस्करणसम्म पनि प्रकाशन भएका छन् ।

आधुनिक चीनका निम्नवर्गीय पात्रहरूजस्तै लठ्यौरा, मूर्ख, बौलाहा आदिको चित्रण गरिएका ती कथामा अद्भुत व्यङ्ग्य पाइन्छ । एक कथाको चरित्र अर्काे कथाका चरित्रसँग मिल्दाजुल्दा पनि भेटिन्छन् । अनुवादक शर्माले नेपाली समाजसँग पनि मिल्दाजुल्दा ती कथाहरूमा चीनको सांस्कृतिक परिवर्तनदेखि आधुनिक विकाससम्मको पृथक परिचय पाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नभएको त्यही एउटा नेता त हो नि !

देश छ व्यवस्था छ संविधान छ राष्ट्रपति छ प्रधानमन्त्री छ पार्टी छ झण्डा

टाँगेर निधारमा राष्ट्रियताको रातो तुल, जासुस अँगालोमा हालेको याद आयो मलाई !

खरानी बेच्न घर बालेको याद आयो मलाई कात्रोमा खल्ती हालेको याद आयो मलाई

नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७७ गायन विधाकी

कसम भाइ ! रेल देखाउन चुनावपछि आइज !

कसम भाइ ! भोट माग्न चाहिँ चुनावपछि आइज कसम भाइ ! तेल घस्न