लघुकथा: चालक



प्रभादेवी पौडेल।
-“गुरु जी हजुरले कति बर्ष भयो गाडी चलाउॅन लाग्नु भएको ?राम्रो हाँक्नु हुँदो रहेछ।” क्याबिनको पहिलो सिटमा बस्ने एक युवतिले सोधि ।”
उसले छोटकरीमा उत्तर दियो, “यस्तै भयो होला बैनी दश बर्ष जति।”
-“अनि घर कहाॅ नी हजुरको ? “निक्कै जिज्ञासा राखेर सोधी उसले।
-“पुर्ब हो बैनी , कहाँ सम्म जानु भएको छ?उसले सोध्यो।
-” मेरो घर पनि पुर्व नै हो दाइ।”
-“कहाँ नी ?”
-“झापा। ”

-“ए मेरो त धनकुटा हो, एकै तिरको रहेछौँ, अनि घरमा कोको हुनुहुन्छ नी?” उसले सोधी।
सायद बिहे भएको छ छैन बुझ्न होला।
उसले उत्तर दियो ,-“बुढी भएकी आमा, एउटा लैनो भैसी ,बाख्राका माऊ पाठा र छ वटा गिरिराजका चल्ला।”
गुरुजीको यो कुराले उसलाई झन् जिस्किने मौका मिल्यो र भनि ,-“आमा बुढी हुनुहुन्छ भन्नु हुन्छ यति धेरै पाल्नु भएको रहेछ दुख हुन्न?”
-“के गर्नु आमालाई साथी चाहिएन त ? आफुलाई गाडीमा हिड्दै ठिक्क छ ” भन्दै भाव ब्यक्त गर्यो।

आफू पनि भर्खर भर्खर लोग्नेलाई छोडेकी मनको लड्डू घ्यूसँग सलक्कै निली। दुबैजना घरी घरी हेराहेर गर्दै मन साट्ने धुनमा थिए।काॅकाडभिट्टा र काठमाण्डौ लामो यात्रा पो छ त दाई, थकाई लाग्दैन?”उसले निक्कै माया गरे जस्तो गरेर सोधी।
-“लागेर के गर्नु बहिनी पेट त पाल्नै पर्यो” माया लाग्दो पाराले उत्तर दियो।

आखिर मनै त हो। उसका आँखा आधा गाडी तिर र आधा उक्त युवती तिर थिए। उसले सेन्टिमेन्टल गित बदल्यो दोहोरी घन्कायो। “यो मायालाई न देख्या धेरै भो आजै भेटें हेरेको हेर्यै भो बल्लै भो भेट..।” दुबैलाई लाग्यो यो हाम्रै लागि नै बनेको गीत हो भनेर । लामो सफर ,झमक्क रात परेको ,यात्रु आधा भन्दा बढी निदाई रहेका थिए। दुर्भाग्य बस गाडी अर्को गाडीसंग ठोकिन पुग्यो।प्राय सबैलाई सानो तिनो चोट पटक लागेको थियो तर सब भन्दा बढी उक्त युवतीलाई नै लाग्यो निधारबाट रगतको घारा छुट्यो। नजिकै बस्ने अर्की यात्रुले निधार समाईदिंदै झोक्किएर भनि,-“धन्न भाग्यले बाॅचियो ,मलाई त चर्तिकला देख्दै शंका लागेको थियो , ठाउँ न कुठाउँ मायाँ लाउॅदै हिडेपछि यस्तै हुन्छ नानी।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई