लघुकथा: पुरुष मन



प्रभादेवी पौडेल।
नरहरिले पहिली श्रीमती दुई सन्तान छोडेर परलोक गएपछि लामो समयसम्म बिहे गरेनन्। छोराहरु ठुला भएपछि जब साॅझ पर्दथ्यो बल्ल उनलाई एक्लो महसुस हुन्थ्यो। छोराहरुको बिहे गरेपछि लाज हुन्छ की भनेर हत्त न पत्त बिहे गर्ने निर्णय गरे। एकल गोठ संगका थुप्रै भेट्टाए पनि उनलाई त्यो झन् झन्झटिलो लाग्यो र उनले आफ्नै असामिकी छोरी परीसंग बिहे गरे।

परीका बा आमाको घरको आर्थिक अवस्था निक्कै नाजुक भएकोले नरहरिले थुप्रै पैसा ब्याजमा दिएका थिए।बिहे पछि त्यो सबै मिनाहा गरिदिए। उनका अन्य नातेदारलाई उनले जात झरेर बिहे गरेको पटक्कै मन परेको थिएन। जे भएपनि कन्या केटी त्यही माथि सुन्दरताले धपक्क बलेकी साॅच्चै भन्ने हो भने नाम जस्तो छ रुप पनि उस्तै थियो परीको । गरिबिको चपेटामा हुर्किएकीले काजी साहबकोमा आएर लाउॅन खानमै रमाई बच्चा जन्माउने रहर गरिन ।एक पटक त सोधेका थिए काजीले, -“तॅलाई सन्तान खेलाउने रहर छ भने म परिवार नियोजन फर्काईदिन्छु ” भनेर ।तर ऊ तिनै सौताका छोरामा सन्तुस्ट थिई ।

बिस्तारै नरहरि बुढा हुँदै गए। दमको रोगले च्याप्तै आयो । उनलाई हस्पिटलबाट पनि घर फर्काईदिए । छोराहरु र पत्नी टाउको र गोडा वरिपरि बसेर पीर मानीरहेका थिए। पन्डित बाजेले भागवतको किताव पढिरहेका थिए। बिच बिचमा उनले तुलसीको पानी पिलाउॅदै हरि भन्न लगाए । नरहरिले परी भनिरहे। उनले हातको ईसारा गरेर पन्डितलाई नजिकै बोलाए र भने,-” परी खोई?” ऊ नजिकै आई र कान थापी ।बोल्न धौ भएका मान्छे पनि परी नजिकै आएपछि बहुरिए झै गरेर भने, -“म मरे पनि तँ घर छोडेर पोइला नजानु है परी।”यो सुनेर सबै दंग परे, परीले भनि, -” के भन्नु भएको काजी साहेब यस्तो कुरा ?” -” हो परी तँ निक्कै राम्री हुनाले मलाई तँ प्रति बिस्वासै लाग्दैन “भनेर काजीले यस धर्ती छोडे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोहोर साल जस्तै यो साल पनि कात्रोमा खल्ती हाल्यो साथीले !!

हामी जब जब मर्न थाल्यौं खेती गर्न थाल्यो साथीले ! पोहोर साल जस्तै

कविता : पर्खाइ

म यति खेर प्राकृतिले दिएको सुन्दर बिस्तरामा छु, चारै तिर खुल्ला छन् मेर

देश किन बनेन ?

डा.गोविन्दशरण उपाध्याय । इतिहास हातमा हुँदैन । प्राप्त भएका तत्थ्यहरूका आधारमा लेखिन्छ ।

अक्सिजन माग तिमी,बेसार-पानी दिन्छु म…

मान विना सन्देह,विना प्रश्न जे भन्छु म हुनेछ सब ठिकठाक इहलाेकमा। अक्सिजन माग