लघुकथा: कुटुम्ब



प्रभादेवी पौडेल।
आमाले आफ्नो भागको ज्युनी बिक्री गर्ने बेलामा सबै छोरा छोरीलाई भेला गराइन्। बाले मर्ने बेलामा भनेका थिए,-” म त अब जाने भएँ रुक्मिणी अलिकति आफ्नो नामको बेचेर छोरीलाई पनि हेर है ।” त्यसैले उनले आफुलाई अलिकति पैसा राखेर सबैलाई बाॅडी दिईन्। सबै भेला भएको मौका पारेर आमालाई पाल्ने कुरामा निक्कै छलफल भएपछि छोरीले भनि, -“हिड्नु आमा यस्तो अपमान सहनु भन्दा मसंग जाउँ।”

उनी दायाँ बायाँ नसोची झोला बोकेर छोरीको पछि लागिन्। यो कुरा ज्वाईलाई मन परेन र एकान्तमा लगेर भने ,-“पैसा बोक्न गएकी, आमा पो बोकेर आयौ त?” उसले उत्तर दिई ,-“यो घरमा हजूरको जति अधिकार छ मेरो पनि त्यतिनै छ बुझ्नु भो? ”

केहि दिनमै बा आमा पालो गर्ने क्रममा उनीहरुकै पालो आएको थियो। ज्वाईले आफ्ना बा आमालाई लिएर आए।
केही दिन त रमाइलै भयो तर बिस्तारै झगडा शुरु भयो। सम्धिनी सम्धिनी झगडा गरेर बस्न खानै भएन। आफ्नी छोरीले पनि जागिर खाएकी हुनाले छोरीकी आमा पनि के कम हुन्थिन् र? उता झन् गाउँमा धनी मानी टोपलिएका ज्वाईका खलक केमा हट्थे र? बेलुका घर फर्कदा दुबैले दिन भरिको कुरा लाउॅथे। यो कुराले बिस्तारै पति पत्निको बिच सम्बन्ध को दूरी पनि टाढिदै जान थाल्यो।

एक दिन दिउसो सानो कुरामा बाझ्दा सम्धिनीले मुख छोडिन् ,-“घरमा नअटाएर छोरीकोमा आउनू छ अझ फुर्ती। “यो कुराले उनलाई निक्कै छोयो। उनलाई एकछिन पनि बस्न मन लागेन। छोरी आउने बित्तिकै भनिन्-” छोरी यो घरमा तिमी मात्रै छैनौ ,त्यसैले म घर जान्छु।”
छोरीले रुँदै रुँदै आमालाई माईतीमा पुर्याएर आई। आमाले घरमा पुग्ने बित्तिकै नातिलाई काखमा च्याप्तै लामो सास फेरेर भनीन्, -“सपना पनि नराम्रा देखें, तिमीहरुको मायाले बस्नै मन लागेन र आएँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सूर्य–चन्द्र ध्वजा उठोस् सगरको माथि–माथि’

नौलो वर्ष हर्ष बढोस् ! नौलौ वर्ष हर्ष बढोस्, कोही नहोउन् दुःखी यहाँ

आक्रोशी तर विवेकी युवा नेतृत्वको अपरिहार्यता

केशवप्रसाद भट्टराई । १. नेपालको समस्या न भारत हो न अमेरिका हो, न

पदकमा चुच्चे नक्सा नराखेको विरोधमा युवा संघको प्रदर्शन

काठमाडौं । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुरयाएका व्यक्तित्वहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको

यसरी गरौं प्रदूषण नियन्त्रण

डा. रवीन्द्र पाण्डे । प्रदूषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ । यो छिट्टै