साफ महिला च्याम्पियनशिपमा नेपालको विजयी शुरुवात


काठमाडौँ । भुटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशिपमा विजयी शुरुवात गरेको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा सोमबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई १–० गोलले पराजित गर्यो ।

नेपालकी गीता रानाले खेलको २३औँ मिनेटमा गरेको प्रहार भुटानी खेलाडीले रोक्ने क्रममा गोलमा परिणत भएको हो । प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलङ्का रहेका छन् । अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ । यस्तै समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र माल्दिभ्स रहेका छन् ।