आँसु



आँसु

आँखाभरी भरिएर,
गालाभरी पोतिएर,
भिजाइदिन्छ छाती पनि !
यो आँसुको प्रभावित क्षेत्र
कहाँसम्म हुन्छ ?

कति हुन्छ बहाव क्षमता,
याद भनेर बग्ने आँसुको?
अनि कुन एकाइमा नापिन्छ
यसको घनत्व?

कहाँ हो यसको उद्गमस्थल?
कहाँ पुगेपछि मेटिन्छ यसको अस्तित्व ?

परारै खोलाले बगाएको खेतको आलि
फर्किएन फेरि!
न त पोहर खोलाले बगाएको हरी नै फर्कियो!
फेरि,
आँसुले बगाएका तिम्रा यादहरु
किन फर्कन्छन बारम्बार ?

कुन बाटो भएर बग्छ आँसु?
कसरी पुर्याउछ फेरि,
यादहरुको थुप्रो उद्गमस्थलमै?

अस्ति
आफ्नै बिहेमा घर छोड्दा,
खुबै रोइ मेरी बहिनी
पोहोरै
तिमिले तिम्रो बिहेमा
मलाई छोड्दा,
मलाई पनि त्यसरी नै रुन मन थियो।

र पनि,
तिम्रा खुशीहरु बगाउँलान भन्ने पिरले
मैले आँखामा बाध लगाइदिए!

पोहोर
तिम्रो बच्चा सहितको पारिवारिक फोटो देखेरे
मलाई बच्चा जसरी नै रुन मन थियो ।

तिमिलाई सम्हाल्न गाह्रो होला भनेर
मैले सकिनसकी सम्हाले आफैलाई

तर बर्षौ पछी हिजो
कसैले सुनाउदै तिम्रो समाचार
सोध्यो हाम्रो सम्बन्ध
जवाफमा,
मैले सम्हाल्न सकिनछु आफैलाई
अटाउन सकिनछु रोदन आँखाभित्रै

मैले तिम्रो लागि रोएको देखे,
रोइदिन्छन मेरी श्रीमतीका आँखा
घमिलो छ भन्छे,
मेरा आँसुहरु को रङ्ग

आखिर कुनकुन रङ्ग पोखेर बग्छ आँसु ?
कहाँ हो यसको उद्गमस्थल?
कति हो यसको प्रभावित क्षेत्र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य