अनुहारको कविता



 स्मिता श्रेष्ठ।
बाँकी नै छ लेख्न सुन्दर कविताहरु

बाँकी छ आँखाले देख्न अँध्यारोका किरणहरू

स्टेथेस्कोपमा सुनेर मुटुको ढुकढुकी बाँकी छ भर्न शताब्दीको संगीत

पहाडै-पहाड अग्लिएर शिरहरू

मानिस धरोहर भएको हो

खोलाहरु बगेर नसा-नसामा

जीवन रसाएको हो

जङ्गलै-जङ्गल गुजुल्टिएर

चेतना

विराट भएको हो अस्तित्व,

सिकाउनु छ मानिसहरूलाई कोष-कोष मिलेर,

अङ्ग- अङ्ग मिलेर,

समृद्ध भएको हो प्रकृति

कसरी फरक छौं हामी कण-कणमा, जान्नु छ

कसरी उस्तै छौं हामी वृहत्तर रूपमा,

बताउनु छ

X-ray मा हेरेर समयको

चित्र

ओखती गर्नु छ देशको क्षयग्रस्त छाती,

मुस्कान दिनु छ ओठ

हराएकाहरुलाई,

दृष्टि दिनु छ ज्योति गुमाएकाहरुलाई,

यात्रा दिनु छ,

गन्तव्य दिनु छ

लर्खराएकाहरूलाई

जीवन दिनु छ ‘जीउनु’बाट

टाढिएकाहरूलाई

फुलाउनु छ यही धरतीको

आँगनमा सृष्टिका फुलहरू,

सकुशल राखेर आत्माको

आवाज

निर्माण गर्नु छ चेतनाको पुञ्ज

र टाँग्नु छ देशको आकाशमा ,

अझै त बाँकी नै छ
लेख्न यो देशको अनुहारमा
देशझैं सुन्दर कविता ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आँसु

आँसु आँखाभरी भरिएर, गालाभरी पोतिएर, भिजाइदिन्छ छाती पनि ! यो आँसुको प्रभावित क्षेत्र

लघुकथा:जुत्ताको मोल

प्रभादेवी पौडेल । -“अहँ भिनाजु पचास हजार नभई त हामी मान्दै मान्दैनौं।” -“हो

लघुकथा:भाग्य

प्रभादेवी पौडेल । कुनै एउटा गाउॅमा आमा छोरा बस्दथे। उनीहरु निक्कै गरीब थिए।छोरो

लघुकथा: भुल

प्रभादेवी पौडेल । भाजुरत्न र मिठालाल सानै देखि निक्कै मिल्ने साथी थिए। उनीहरु