राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान



काठमाडौं । राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित पुरस्कारको राशि नगद एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ ।

यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकारलाई प्रदान गरियो ।

ती पुरस्कारको राशि ५० हजारसहित सम्मानपत्र रहेको छ । नेपाली साहित्यिक सम्मेलन दार्ज्लिङको मुखपत्रका रुपमा त्रैमासिकरुपमा दियालो प्रकाशन हुँदै आएको छ । यसका प्रधानसम्पादक नेपाली साहित्यिक सम्मेलन दार्जलिङका अध्यक्ष डा चन्द्रकुमार राई छन् ।

यसैगरी उन्नयनका प्रधानसम्पादकमा अच्युतरमण अधिकारी छन् । कार्यक्रममा ती पत्रिकाका सम्पादक डा राई र अधिकारीले पुरस्कार तथा सम्मान ग्रहण गरेका थिए । सो अवसरमा राष्ट्रकवि घिमिरेले साहित्यकारलाई साहित्यका आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने को हो त्यो डाक्टर ?!

राष्ट्रपतिको सवारी हिँड्ने बाटोमा हिँड्ने को हो त्यो डाक्टर ?! राष्ट्रपतिको सवारी हुने

विसङ्गत अभिरुचिः राष्ट्रसेवकको बकपत्र

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन्

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

काठमाडौँ । वेद व्यासले संस्कृत भाषामा रचना गरेको १८ पुराणको नेपालीमा भाव बुझ्न

उर्दु भाषामा नेपाली कविता अनुवाद सङ्ग्रह प्रकाशन

काठमाडौं । पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’