किन गरियो सिरहा ईन्जिनियर कार्यसमिति गठन ? अरबिन्द सिंहसँगको कुराकानी



सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६, फुल्काहाकट्टिका अरबिन्द सिंह पेशाले इन्जिनियर हुन् । बिस २०४९ सालमा पिता रामसेवक सिंह र माता श्रीवती महतोको कान्छो छोराका रुपमा जन्मिएका सिंहले भारतको कुरुक्षेत्र विश्वविद्यालयबाट सन् २०१६ मा इन्जिनियरिङ गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रामेछापको मन्थली नगरपालिका उनी हाल कार्यरत छन् । अहिले सिरहाका इन्जिनियरहरु मिलेर सिरहा ईन्जिनियर कार्यसमिति गठन गरेका छन् । समाजको उनी मिडिया संयोजक छन् । समाज गठन किन आवश्यक पर्यो त ? लगायतका विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
१ सर्वप्रथम त बधाई छ, सिरहा ईन्जिनियर कार्य समितिको मिडिया संयोजक हुनुभएकोमा ।
धन्यवाद
२. इन्जिनियरिङ कहाँ कुन कलेजमा पढ्नुभयो ?
मैले इन्जिनियरिङ भारतको कुरुक्षेत्र विश्वविद्यालयको चण्डीगढबाट सन् २०१६ मा गरेको हुँ ।
३. अनि कहिले कहाँ काम गर्दै हुनुहुन्छ ?
सन् २०१६ मा पढाई सकेर नेपाल फर्केपछि एकबर्ष काठमाडौंमै जागिर गरें । त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत रामेछाप जिल्लाको मन्थली नगरपालिकामा हालसम्म काम गर्दैछु ।
४. नेपाल इन्जिनियर्स एशोसिएसन, अर्को मधेश इन्जियनियर्स एसोसिएन पनि छ अनि किन सिरहा ईन्जिनियर कार्य समिति गठन गरेको ?

नेपाल इन्जिनियर्स एशोसिएसन एउटा सिंगो संस्था हो । जो सदाका लागि ईन्जिनियर प्राबिधिकहरुको हकहितका लागि आवाज अथवा सकारात्मक पक्षमा उभिएको छ । र त्यस्तै मधेस ईन्जिनियर एसोसिएसन पनि एउटा त्यसको पार्ट हो । जस्तो कि PEAN र CDEN संस्था पहिलेदेखि यसमा आबद्ध छन् । हामीले कुनै छुट्टै संस्था अथवा सिरहा ईन्जिनियर्स समाज संस्था खोलेका होइनौं यो हामीले मधेस ईन्जिनियर एसोसिएसनको मातहतमा रही जिल्ला जिल्लामा कार्यसमिति गठन मात्र गरेका छौं ।

५. यो  गठनको सोच कसरी आयो नि ? के गर्छ त यसले अब जिल्लामा ?

हामीले अर्को कुनै समाज वा संस्था खोलेका छैनौं । कार्यसमिति गठन गरेका छौं । जसले गर्दा यस जिल्लामा तथा बाहिरी जिल्लाहरुमा कामकाज गर्दै आईरहनु भएका प्राबिधिक इन्जिनियर साथीहरुसँग थप एकताबद्ध बनाउन र अगामी दिनहरुमा प्राविधिक हकहितका लागि मात्रै नभई देश र प्रदेशमा पर्ने आपतविपदमा हाम्रोतर्फबाट के कतिसम्म सहयोग गर्न सकिन्छ भन्ने भावनाले यो संस्था संचालन गरिएको छ ।

६. तपाईं मिडिया संयोजक हुनुभएको छ, यसलाई कसरी चिनाउनुहुन्छ त ?
म मिडिया संयोजकको नाताले मात्र नभई देशको एउटा नागरिकको नाताले समाज अथवा देशको हकहितका लागि सधैं अगाडि रहि आफ्नो कर्तव्य निर्वाह गर्नेछु र आफ्नो समाजमा अप्ठ्यारो परिस्थिति परेको बेला सदैब अगाडि रहनेछु । धन्यवाद ।

यो पनि

मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा गठन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालका विधायकले कानुन र विकास दुवै हेर्नु परेको छः सांसद रोकाय

काठमाडौँ। नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतक कृष्णबहादुर रोकायले संविधान कार्यान्वयनका सन्दर्भमा उपयोग

दलगत राजनीतिक जताततै भयो भने सरकार र नेतालाई सम्झाउन सक्नुपर्छः पूर्वउपकुलपति माथेमा(अन्तरवार्ता)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमा ‘चित्त नबुझेको कुरा पोख्नुपर्छ, बोल्नुपर्छ,

आत्मकेन्द्रित राजनीति सङ्घीयतामा चुनौती

काठमाडौँ । सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद संविधान संशोधनको मिलनविन्दु हुनसक्छ: उपमहासचिव पुन(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले