एउटै परेवाको मूल्य १६ लाख युरो



बेल्जियमको एउटा रेसिङ परेवा (परेवा उडाउने प्रतिस्पर्धामा सामेल गरिने परेवा) १६ लाख युरोमा बिक्री भएको छ । न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा मात्र २०० युरोमा बोलकबोलका लागि राखिएको थियो । तर त्यसलाई चीनका एकजना खरिदकर्ताले आइतवार हालसम्मकै उच्च रकममा खरिद गरेका हुन् ।

त्यो परेवा पाल्ने कर्ट भान् ड वीवको परिवार उक्त समाचारले आश्चर्यचकित भएको रोयटर्स समाचार संस्थाले जनाएको छ । यसअघि एउटा चार वर्षको भाले परेवाले रेसिङ परेवा बिक्रीमा कीर्तिमान् राखेको थियो । त्यो परेवा १२ लाख ५० हजार युरोमा बिक्री भएको थियो ।

अर्मान्डो नामको उक्त च्याम्पियन रेसर परेवालाई फर्मुला वानका विश्व च्याम्पियन लुइस ह्यामिल्टनको नाम जोडेर “परेवाहरूको लुइस ह्यामिल्टन“ भन्ने गरिन्थ्यो । सन् २०१९ मा बिक्रीका लागि राख्दा उक्त परेवा पहिले नै निवृत्त भइसकेको थियो र कैयौँ चल्लाहरूको पिता बनिसकेको थियो । न्यू किमले सन् २०१८ मा राष्ट्रिय मध्यम दूरी रेससहित कैयौँ प्रतिस्पर्धाहरू जितेको थियो।

तर त्यसपछि उ निवृत्त भएको थियो । अर्मान्डोकै जस्तो न्यू किमलाई पनि दुईजना चिनियाँ खरिदकर्ता बीचको बोलकबोल युद्धपश्चात् एकजनाले किनिएको हो । चीनमा पछिल्ला वर्षहरूमा परेवा रेसले लोकप्रियता कमाइ रहेको छ । रेसिङमा प्रयोग गरिएका परेवाले पनि उनीहरू १० वर्षको हुँदासम्म चल्ला पार्न सक्छन् । न्यू किमका नयाँ मालिकले पनि उसलाई बच्चा जन्माउनका लागि प्रयोग गर्ने ठानिएको छ ।

तर लिलामीकर्ताले चाहिँ त्यसले बिक्री अझ असामान्य हुन गएको बताए । लिलामी केन्द्र पिपाका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत निकोलास गाइजलब्रेक्टका अनुसार बेल्जियम लामो समयदेखि परेवा प्रेमीको घर बनेको छ। त्यहाँ २० हजार परेवा प्रजनन् गराउनेहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु