फ्रान्समा वृद्ध मानिसले झिँगा धपाउन खोज्दा घरमा विस्फोट



फ्रान्सको एउटा गाउँमा एक वृद्ध मानिसले झिँगा धपाउने प्रयास गर्दा उनको घरमा विस्फोटन भएको छ । रातिको भोजन गर्न बस्न लागेको बेला एउटा झिँगाले दुःख दिएपछि ८० वर्षभन्दा बढी उमेरका ती व्यक्तिले झिँगा र कीराफट्याङ्ग्रा धपाउन प्रयोग गरिने विद्युतीय साधन चलाएका थिए । तर त्यही बेला घरमा ग्यास चुहिएकाले उक्त साधनसँग घर्षण हुँदा त्यहाँ विस्फोटन भयो ।

विस्फोटनले भान्सा ध्वस्त भयो भने घरको सानो भाग पनि आंशिक रूपमा क्षतिग्रस्त भयो । स्थानीय सञ्चारमाध्यमका अनुसार ती वृद्धको हातमा केही पोलेको भए पनि उनी सकुशल छन् । तर उनलाई बिथोल्ने झिँगाबारे “केही थाहा नभएको“ सुड वेस्ट समाचारपत्रले जनाएको छ । ती वृद्धले तत्काल अन्यत्र आश्रय लिएका छन् भने उनको परिवारले घर मर्मत गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफैं ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् ।

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

उडिरहेको जहाजका दुवैजना पाइलट निदाएपछि…

३७ हजार फिटको उचाइमा दुई पाइलट निदाउँदा उनीहरूले धावनमार्ग छुटाएको एउटा उड्डयन सम्बन्धी

बुझ्नुहोस्, संसदबाट पारित भै प्रमाणिकरणको लागि पठाईएको नागरिकता विधेयकलाई राष्ट्रपतिले रोक्न मिल्दैन

जेपी गुप्ता । संविधानतः राष्ट्रपति संविधानका संरक्षक हुन् । । राष्ट्रपतिले मात्र गर्ने