यी हुन् अमेरिकी इतिहासमा सबैभन्दा धेरै ९३ जनाको हत्या गर्ने व्यक्ति



पछिल्लो चार दशकमा ९३ जनाको हत्या गरेको कबुल गरेका एक बन्दीलाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले अमेरिकाको इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्ति भएको पुष्टि गरेको छ।

प्रहरीले स्यामुएल लीटललाई सन् १९७० देखि २००५ सम्म भएका ५० वटा फरक घटनामा जोडेको छ। उनासी वर्षीय लीटल सन् २०१२ देखि तीनजना महिलाको हत्या अभियोगमा जेल सजाय भोगिरहेका छन्।

लीटलले कमजोर व्यक्ति, कालो वर्णका महिला, लागुऔषध प्रयोगकर्ता र यौनकर्मीहरूलाई निशानामा पार्ने गरेको अधिकारीहरूले बताएका छन्।

पूर्वबक्सर समेत रहेका लीटलले पहिले मुक्का प्रहार गर्ने र त्यसपछि घाँटी थिचेर हत्या गर्ने गरेको बताइएको छ। उनले गरेकामध्ये केही हत्याहरू दुर्घटना वा लागुऔषधको अत्यधिक प्रयोगका कारण भएको अनुमान लगाउँदै एफबीआईले अनुसन्धान नगरेको बताइएको छ।

एफबीआईका अनुसार कतिपय मृत शरीर हालसम्म फेला परेका छैनन्। उनले कबुल गरेका बाँकी ४३ घटना पुष्टि गरिँदै छ।

हालसालै विभिन्न स्थानमा गरिएका हत्याका पाँचवटा घटनाबारे थप विवरण अधिकारीहरूले सार्वजनिक गरेका छन्। मृत्यु भएकाहरूको पहिचान गर्नका लागि विवरण सार्वजनिक गरिएको बताइएको छ।

यसअघि लीटलले आफूले हत्या गरेकाहरूको तस्बिर कोरेका थिए जसलाई अधिकारीहरूले पीडितहरूको पहिचान गर्नका लागि सार्वजनिक गरेका छन्।

लीटलले मृत्यु भएकाहरूको वर्णन गरेको एउटा भिडिओ पनि सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिड महामारी सन् २०२२ सम्मै लम्बिन सक्ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठनले विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोपहरू नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा

सिरियामा सेनाको बसमा बम आक्रमण, १३ जनाको मृत्यु

सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेको बसलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी कम्तीमा

भारतको उत्तराखण्डमा पनि बर्षा र बाढी, १६ जनाको मृत्यु

भारतको उत्तराखण्डमा पनि बर्षा र बाढीको प्रकोप बढेको छ । बाढीमा परी कम्तीमा

बेलायतमा कोरोना संक्रमितको मृत्युदर बढ्यो

बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि