क्यानडाका प्रधानमन्त्रीलाई माफी माग्न बाध्य पार्ने तस्विर



झन्डै दुई दशकअघि अनुहारमा रङ्ग पोतेर खिचिएका तस्बिरहरू सार्वजनिक भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्षमायाचना गरेका छन्।

जातीय भेदभावको सङ्केत गर्ने ती तस्बिरका कारण निर्वाचनको मुखमा ट्रुडो विवादमा परेका छन्।

सन् २००१ मा वेस्ट पोइन्ट अक्याडमीमा साथीहरूसँग खिचिएको उनको एउटा तस्बिर टाइम म्यागजीनले हात पारेको थियो। उक्त तस्बिरबारे टिप्पणी गर्दै उनले आफ्नो व्यवहारका कारण “गहिरो पश्चात्ताप” भएको र आफूले त्यसो नगर्नुपर्थ्यो भन्ने लागेको बताएका छन्।

अपरिपक्व उमेरमा कति पटक रङ्ग दलिएको थियो त्यो अहिले आफूलाई सम्झना नभएको उनले बताएका छन्। उनी त्यति बेला भ्यान्कूभरस्थित उक्त निजी विद्यालयमा अध्यापन गर्थे।

ट्रुडो आगामी महिना (अक्टोबर २१) मा हुने निर्वाचनमा पुन: प्रतिस्पर्धा गर्दैछन्। उनका पिता पिएर ट्रुडो पनि देशका प्रधानमन्त्री थिए।

अरू तस्बिर पनि प्रकाशित हुन थालेपछि विनिपेगमा संवाददाताहरूलाई उनले भने, “पछिल्ला तस्बिरबारे म चिन्तित छु, ठ्याक्कै सङ्ख्या भन्न सक्ने अवस्थामा छैन किनकि मलाई सम्झना छैन।”

कडा प्रतिस्पर्धा हुने ठानिएको निर्वाचनअघि ती तस्बिरहरू सार्वजनिक भएकाले उनको निर्वाचन अभियान प्रभावित बन्ने देखिएको छ।

प्रगतिशील नीतिलाई आफ्नो मूल चुनावी नारा बनाएका ट्रुडोलाई यो विषयले लाजमर्दो बनाएको छ। यो काण्ड सार्वजनिक भएपछि विनिपेगमा बिहीवार दोस्रो पटक ट्रुडोले आफ्नो प्रतिक्रिया दिएका हुन्।

उनले भने, “जुनसुकै परिस्थिति वा सन्दर्भमा पनि अनुहार कालो बनाउनु सधैँ अस्वीकार्य हो किनभने त्यसरी कालो अनुहार बनाउने कुरा जातीय भेदभावको इतिहाससँग जोडिएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र

इजरायली आक्रमणमा इरानको रिभोलुशनरी गार्डका प्रमुख होसेन सलामको मृत्यु

बीबीसी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

काठमाडौं । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ