विश्वव्यापी सूचना प्रबिधिमा आएको त्रुटिलाई सच्चाइएको क्राउडस्ट्राइकका अधिकारीको भनाइ



शुक्रबार विश्वभरका विमानस्थल, बैंक र सञ्चार माध्यमलाई प्रभावित गर्ने विश्वव्यापी सूचना प्रविधि अवरोधको कारण बनेको त्रुिटलाई सच्चाइएको क्राउडस्ट्राइकका लागि एक फिक्स प्रयोग गरिएको क्राउडस्ट्राइक एन्टिभाइरस फर्मका प्रमुख कार्यकारी अधिकृतले बताएका छन् । क्राउडस्ट्राइक अमेरिकी साबर सुरक्षा प्रविधि कम्पनी हो ।

सीईओ जर्ज कुर्ट्जले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक सन्देशमा लेखेका छन्, ‘क्राउडस्ट्राइकले विन्डोज होस्टहरूको लागि एकल सामग्री अद्यावधिकमा फेला परेको त्रुटिबाट प्रभावित ग्राहकहरूसँग तत्काल सम्पर्क गरी यस समस्याको पहिचान गरिएको छ । समस्याको समाधानसँगै सबै अवरूद्धता हटेको विश्वास गरिएको छ ।’

शुक्रबार विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न हुँदा विश्वभरको उडान र दूरसञ्चार सेवा तथा यसबाट लिइने अन्य अनलाइन सेवाहरू प्रभावित बनेका थिए ।

‘माइक्रोसफ्ट एज्योरमा देखिएको प्राविधिक समस्या’ का कारण विश्वव्यापी रूपमा उडानमा ढिलाइ वा अवरोधहरू भएको हुनसक्ने फ्रान्स, बेलायत, संयुक्त राज्य अमेरिका, भारतलगायतका प्रसिद्ध विमान कम्पनीहरूले शुक्रबार बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर नगर्ने

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य

पाकिस्तानमा निर्वाचनको आलोचना गर्ने एनजिओ प्रमुखको घर सिल

  इस्लामावाद । गत वर्षको राष्ट्रिय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रतिवेदन

युक्रेनको भूमिगत सम्पदा दुर्लभ र पुग्न गाह्रो

पेरिस । युक्रेनको माटोले विश्वको खनिज स्रोतको करिब पाँच प्रतिशत ओगटेको छ ।

युद्धविरामको सम्झौता अनुसार हमासद्वारा थप ६ इजरायली बन्धक रिहा

जेरुसेलम । हमासले युद्धविरामको सम्झौता अनुसार शनिबार थप जना इजरायली बन्धकको रिहाइ गरेको