ट्वीटरमा एलन मस्कका सबैभन्दा धेरै फलोअर्स



अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल भएका छन् ।

बिहीबार टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको ट्विटरमा १३ करोड ३० लाख ८४ हजार ५६० फलोअर्स पुगेका छन् भने ओबामाका १३ करोड ३० लाख ४१ हजार ८१३ फलोअर्स छन् ।
समाचार, विचार र पीआर सन्देशको आदानप्रदानको लागि एक प्रमुख प्लेटफर्मको रूपमा ट्विटरको भूमिका बढ्दो देखिएको छ ।

मस्कले गत हप्ता कर्मचारीहरूसँग आफ्नो कम्पनीले यसको लागि खर्च गरेको ४४ अर्ब डलरको आधा मूल्य गुमाएको बताएका थिए भने विश्व प्रसिद्ध सामाजिक सञ्जालले अझै पनि विज्ञापनदाताहरू र सरकारी नियामकहरूलाई प्रभाव नपार्नेगरी संस्थालाई अघि बढाउने बताएका थिए ।

ट्वीटर नियन्त्रणमा लिएदेखि नै मस्कले ट्वीटर समूहको पेरोललाई सात हजार ५०० कर्मचारीबाट दुई भन्दा कममा झारेका छन् ।

सामाजिक प्लेटफर्मलाई कठिन समयमा टिकाईराख्न र आर्थिक रूपमा व्यवहार्य बनाउनका लागि सशुल्क सेवाग्राहीको आफ्नो धारणाले मूहुर्तरूप लिने विश्वास व्यक्त गरेका थिए । तर परिणामहरू निराशाजनक देखिएका छन् ।

सशुल्क सेवाग्राहीबारे कम्पनीका प्रमुखले राखेको धारणापछि ट्वीटरले प्राविधिक खराबीको एउटा श्रृङ्खला देखेको छ ।

यसमा मस्कको ट्वीटले अचानक लाखौं प्रयोगकर्ताहरूको फिडमा प्रभाव नपारेको घटना पनि समावेश छ । लाखौँले कम्पनीका प्रमुख लगानीकर्ता मस्कलाई नपछ्याएको पनि देखिएको छ ।

मस्कले प्रयोगकर्ताहरूलाई ट्विटरमा अधिक स्वतन्त्र रूपमा कुराकानी गर्न प्रोत्साहित गरेका छन् । साइटले कानूनद्वारा अनुमति दिइएको सेन्सरशिपको न्यूनतम मात्रा लागू गर्ने बताएको छ ।

प्लेटफर्मले अप्रिल १ देखि सेलेब्रिटी वा पत्रकारजस्ता केही व्यक्तिगत एकाउन्टका लागि ट्रस्ट बिल्डिङ ‘ब्लु टिक’ फिर्ता लिने र ग्राहकलाई भुक्तानीका लागि आरक्षित गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी र वर्षाका कारण पाकिस्तानमा ३० अर्ब अमेरिकी डलरको क्षति

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको

टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किएर दुर्घटना

– टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा विमान ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

विमान दुर्घटनामा परी कोलम्बियाको जङ्गलमा हराएका बालबालिकाको ४० दिनपछि उद्धार

विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका

हिंसाले बदनाम श्रीनगर सुनाम कमाउने प्रयासमा

कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको