एपल कम्पनीद्वारा भारतमा आईफोन १४ को उत्पादन सुरु, के अब सस्तो होला त मूल्य ?



प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको बताएको छ । उसले चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लैजान खोजिरहेको छ । एपलले आफ्ना अधिकांश फोन चीनमा उत्पादन गर्छ। तर संयुक्त राज्य अमेरिका र बेइजिङबीच तनाव बढेकाले उक्त कम्पनीले केही उत्पादन चीनबाहिर गर्न थालेको छ ।

चीनमा लागु गरिएको ’शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको थियो । एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको हो । उसले विज्ञप्तिमा भनेको छ, ‘नयाँ आईफोन १४ मा नवीनतम प्रविधिहरू र महत्त्वपूर्ण सुरक्षा क्षमता छन्। हामी भारतमा आईफोन १४ उत्पादन गर्न उत्साहित छौँ ।’

ताइवानमा आधारित फक्सकन कम्पनीले एपलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ। उक्त कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आईफोनका पुराना संस्करणका ह्यान्डसेट बनाउँदै आएको थियो ।

तर अब एपलले आफ्नो नयाँ उत्पादन आईफोन १४ भारतमै बनाउन खोजेको छ । भारतमा आउँदा एपलले आफ्नो बजार बढाउने उद्देश्य पनि राखेको छ। गत वर्षसम्म भारतको बजारमा आईफोनको हिस्सा चार प्रतिशत मात्र थियो । उक्त अमेरिकी कम्पनीले सस्ता स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नुपरेको छ।

भारतको मोबाइल बजारमा चीन र दक्षिण कोरियामा उत्पादित सस्ता फोनहरू निकै लोकप्रिय छन् । भारतमा उत्पादन गरिए पनि आईफोनको मूल्यमा कुनै अन्तर भने पर्नेछैन। आईफोनका अवयवहरू आयात गर्न लाग्ने चर्को शुल्क र अन्य करका कारण आईफोनको मूल्य नघट्ने देखिन्छ ।

भारतीय प्रयोगकर्ताहरूले आईफोनमा अब ’मेड इन इन्डिया’ देखे पनि आईफोन किन्न ठूलो रकम तिर्नुपर्नेछ । भारतमा आईफोन उत्पादन बढ्ने घोषणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको उपलब्धिका रूपमा लिइएको छ । आठ वर्षअघि मोदी सरकारले ‘मेक इन इन्डिया’ अभियान सुरु गरेको थियो। त्यसअन्तर्गत भारतमा हुने उत्पादन र भारतबाट हुने निर्यात बढाउने उद्देश्य राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले अफगानिस्तानमा ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

  हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड