फाइभजी मोबाइल सेवा हवाई उडानलाई कति असुरक्षित ?



अमेरिकाका १० वायुसेवा कम्पनीहरूले फाइभजी सेवाले हवाई सुरक्षामा खराब परिणाम दिन सक्ने चेतावनी दिएका छन् । उनीहरूले नयाँ प्रविधिले हजारौँ उडानको समय ढिलो बनाउन सक्ने र लामो समयसम्म विमानहरूलाई ग्राउन्डेड बनाउने जोखिम रहेको बताएका छन् । फाइभजी रेडियो सिग्नलमा निर्भर हुन्छ ।

अमेरिकामा फाइभजीका लागि प्रयोग भइरहेका रेडियो सिग्नलहरू सी–ब्यान्ड नामक स्पेक्ट्रमको अंश हुन् । यी फ्रिक्वेन्सीहरू विमानले जमिनबाट हवाईजहाजको उचाइ र सुरक्षा अनि न्याभीगेशन प्रणालीबारे जानकारी लिन प्रयोग गर्ने उपकरण नजिकैका हुन् ।

पछिल्लो चिन्ता भनेको फाइभजीले त्यो उपकरणलाई बाधा पुर्याउने र विशेष गरी विमान अवतरण गर्दा सुरक्षामा जोखिम निम्त्याउन भन्ने हो । सन् २०२० को अन्त्यमा हवाई उड्ड्यनका विषयहरूमा प्राविधिक मार्गनिर्देशिका जारी गर्ने अमेरिकी संस्था आरटीसीएले यो विषयमा प्रतिवेदन दिएको थियो ।

उसले उपयुक्त नियन्त्रणका कदमको अभावमा अमेरिकाको उड्डयनका क्षेत्रमा धेरै हताहत हुने र ठूलो असफलतासहित वृहत् प्रभाव पर्ने सम्भावना रहेको उल्लेख गरेको थियो ।

हालै अमेरिकी उड्डयन नियामक निकाय एफएएले फाइभजीले बोइङ ७८७ ड्रीमलाइनरजस्ता विमानका विभिन्न प्रणालीमा समस्याहरू निम्त्याउन सक्ने बताएको छ । उक्त प्रविधिले अवतरणअघि विमानको गति घटाउन अप्ठेरो पार्न सक्ने र त्यसका कारण विमान धावनमार्गबाट उछिट्टिने जोखिम रहने भनिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८