फाइभजीको दुष्प्रभाव रोक्ने दाबी गरिएका नेक्लेस र अरू सामग्री हानिकारक विकिरणयुक्त



मानिसलाई फाइभजी मोबाइल नेटवर्कबाट सुरक्षा दिने दाबी गरिएका नेक्लेस र अन्य उपकरणहरू रेडियोधर्मी विकिरणयुक्त भएको पत्ता लागेको छ ।

आणविक सुरक्षा र विकिरण संरक्षणसम्बन्धी विषय हेर्ने नेदरल्यान्ड्सको निकाय एएनभीएसले आफूले फेला पारेका १० वटा त्यस्ता वस्तुले हानिकारक ’आयोनाइजिङ रेडिएशन’ भनिने आयनीकरण गराउन सक्ने विकिरण निकाल्न सक्ने चेतावनी दिएको छ । लामो समय प्रयोग गर्दा शरीरमा हानी पुग्न सक्ने भन्दै उक्त निकायले त्यस्ता उत्पादनहरू परित्याग गर्न आग्रह गरेको छ ।

मोबाइल प्रविधिको नवीनतम फाइभजी नेटवर्क मानिसको स्वास्थ्यका लागि हानिकारक भएको विषयमा अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन ।

विश्व स्वास्थ्य सङ्गठनले फाइभजी नेटवर्क सुरक्षित रहेको र अहिले प्रचलनमा रहेका फोरजी र थ्रीजीभन्दा यसमा आधारभूत भिन्नता नरहेको जनाएको छ । मोबाइल नेटवर्कमा आयनीकरण नगर्ने रेडियो तरङ्ग प्रयोग हुन्छ र त्यसबाट मानिसको कुनै आनुवंशिक गुणमा क्षति पुग्दैन । तथापि फाइभजी हानिकारक भएको भन्दै केही स्थानमा ट्रान्समिटरमा आक्रमण भएको छ ।

फाइभजी नेटवर्कबाट सुरक्षा दिने दाबी गरिएका उत्पादनहरू “एनर्जी आर्मर“ स्लीपिङ मास्क, ब्रास्लेट र नेक्लेसका रूपमा आएका छन् । बालबालिकाका लागि बनाइएको ’म्याग्नेटिक्स वेल्नेस’ नाम दिइएको ब्रास्लेटले पनि रेडिओधर्मी विकिरण उत्सर्जन गरेको पाइएको छ ।

सन् २०२० को मे महिनामा बेलायतमा व्यापार नियमन गर्ने निकायले ३९९ पाउन्ड पर्ने फाइभजीबाट सुरक्षा प्रदान गर्ने दाबी गरिएको एउटा उपकरणको विक्रीमा रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ