घोप्टे युग



गंगा वन ।
म,तिमी, हामी कोही पनि लगभग अछुतो छैनौं घोप्टे युगमा प्रवेश गर्न । ढुङ्गेयुग हुँदै विभिन्न युगहरु पार गर्दै आजको वर्तमान युगमा आइपुग्दा अबको युगलाई इतिहासकै शक्तिशाली युगको रुपमा नामाकरण गर्ने हो भने घोप्टे युग राख्दा कसो होला ?

जतिबेलादेखि मैले जान्ने बुझ्ने भए म लगायत नजिकका सम्पूर्ण परिवारहरु लगायत आफन्तहरु, छरछिमेक साथीभाइहरु फरक फरक कृयाकलापहरुमा ब्यस्त हुन्थे । सबैले शिर ठाडो गरि गर्व गरेर आफ्नो कर्म गरेको देखिन्थ्यो । खेतबारीमा कुटो कोदालो गर्दा होस् वा घाँसदाउरा गर्दा होस् घरायसी कामकाज र राखनधरन लगायत भान्साका कामकाजमा होस् अनि बाँकी बचेकाहरु विभिन्न पुस्तकहरु चाहे धार्मिक हुन्छ या अन्य कुनै पनि बिषयवस्तु सबैलाई गर्व गर्दै शिर ठाडो बनाएर गर्दथे ।

तर आज समय यति दू्रतरुपमा बदलियो कि कसैलाई यसको हेक्कासम्म पनि नभइ कतिबेला आजका हामी सभ्य मानवहरु घोप्टे युगम प्रवेश गर्यौं । घोप्टे बहादुर, घोप्टे माया लगायतका विभिन्न लोकप्रिय नामबाट गोप्य रुपमा परिचय कायम गर्न सफल भएकोमा हामी सम्पूर्णलाई धेरै धेरै बधाई छ।

भर्खर आमाको कोखबाट जन्मिएर स्तनपान गरिरहेको एक नावालक शरीरदेखि बिस्तारामा थलिएर उठबस गर्न नसक्ने बृद्धहरुलाई पनि एउटा रोगले राम्रोसँग च्यापेको देखिन्छ । त्यो रोगको नाम हो (एकहाते) ।

यो आफैंमा निकै डरलाग्दो रोग हो । यो रोग सुरु भएपछि यसका लक्षणहरु अरु रोगहरु भन्दा बिल्कुलै फरक भएको पाइन्छ । विशेषतः सामान्य रोगदेखि प्राणघातक रोगहरुको लक्षणहरु प्रायः उस्तै उस्तै पाईन्छ । तर यो एकहाते रोगको सुरुको लक्षण एउटै भएपनि यो रोगले चाप्दै गएपछि मात्र यसका लक्षणहरु फरक हुन थाल्छन् । किन यसको नाम एकहाते भनेको होला ?
कुनै शैक्षिक अथवा वैज्ञानिक आधारमा तय गरिएको नाम भने हैन है यो एकहाते रोग ।

एउटा डब्बा चाहे जुनसुकै साईजको होस् ठूलो, मझौला, साना, अनि जुनसुकै रङ्गको किन नहोस् रातो, सेतो,कालो अन्य । त्यो डब्बा भित्र यस्तै यस्तै विशेषताले भरिपूर्ण भएको एउटा सानो भाँडो हुन्छ ।

जुन भाडोमा नत भात राखेर गमगम मुछेर खान मिल्छ, नत दाल राखेर सुरुपसुरुप पिउन मिल्छ, नत कुनै पनि परिकार पकाउनै । मिल्छ त सिर्फ आफ्नै हातले समातेर माथिबाट तल तलबाट माथि लतारेको लतारेकै गर्न । एकपटक आँखा कतैपनि नघुमाई त्यसमा आफू स्वयं बाहेक कसैको हातमा पर्न नदिने यसैले एकहाते रोगको रुपमा नामाकरण दिँदा उत्तम ठाने । हाम्रो गाउँको भाषामा गाई, भैंसी दुहुनो छन् भने आफ्नो घरका अन्य सदस्यहरुलाई नदिई कि त बा कि त आमा अथवा परिवारका अन्य कुनै एक सदस्यलाई मात्र दुहुन दिईन्छ भने एकहाते भनिन्छ ।
त्यसैले यो भाँडोलाई पनि भरसक परिवारका सदस्यले छुन र चलाउन त परै जावस् नजिक गए गाई, भैंसीले बुरुक्क उफ्रेर लात्ती हाने जस्तै यो भाँडोको नजिकमा पुग्दा पनि यसको मालिकले शिरदेखि पाउसम्म चाहे जस्तोसुकै अवस्थामा भएपनि एकझट्कामै उफ्रन थाल्छन् । यसका मुलभूत लक्षणहरु अन्तर्गत विशेषतः ५ वटा ज्ञानेन्द्रीयहरुले ठ्याक्कै काम गर्न छोड्नु ।

जस्तैःआफ्नै आँखा अगाडि भएका कुनै पनि अवस्थाहरुलाई देख्न नसक्नु अर्थात् भनौं ज्योति नै नगुमाईकन देख्न बन्द हुनु, यदि उठेर कोही हिँडडुल गर्न लागे शरीरका अंग गएर घरका भित्ता लगायत बाहिरका खम्बा, भित्ता, बिजुलीको पोल लगायत गाडी घोडाहरुमा अँकमाल हुन पुग्नु ।

कानको जाली फुट्ने गरि चिच्याएको आवाज भन्दा त्यो भाँडोसँग सहकार्य गरेको अर्को भाँडोको आवाज त्यो पनि घरको कुना काप्चामा अथवा बिस्ताराको ओढ्ने ओच्छ्याउने भित्र गई सुटुक्क सुन्दा ठूलो सुनिने । छेउकाले बोलेको आवाज कानभित्र सुषुप्त रुपमा पसेको झ्याउँकिरी किरा हो जस्तै लाग्ने ।

बिस्तारै भोकको मात्रा बढ्न पनि सक्ने घट्न पनि सक्ने सबै मानिसहरुमा एकै नहुने जस्तै भान्साको भाडोमा पाक्न नसकेका आँखाले कहिल्यै पनि नदेखेका नास्ताका सबै परिकारहरु यो भाँडोमा देखिनु अनि देख्नासाथ पेटको कुना कन्दरामा मुसा, छुचुन्द्राहरु रिसाउन थल्नु । जति पटक लगातार खाएपनि पेट खाली महसुस हुनु । आफूले मनपराएको कार्य त्यो भाँडोमा गर्न पाउँदा खान भन्दा अगाडी नै डकार आउनु । भाँडो छोड्न जाँगर नआएर पेट त्यसै ढुस्स भए जस्तो हुनु । राम्रोसँग चपाएर खानुपर्ने खाना सिधै पेयपदार्थ जस्तो पिउन मन लाग्नु । एकहाते रोगमा गुलियो खाद्य पदार्थ लिँदा नुनिलो, नुनिलो लिँदा तितो, तितो लिँदा अमिलो जस्तो अनुभूति हुन सक्ने अवस्था ।

त्यस्तै एकहाते रोगको विशेषता आफ्नो परिवारका कोही पनि व्यक्तिले त्यो भाँडोलाई आफूबाट अलग्याउन दुस्प्रयास गरेमा नाकका दुई वटा प्वालहरुले ठ्याप्पै काम गर्न छोड्नु जस्तै स्वास रोकिनु, मुटुको धड्कन कता कता गएर रोकिनु, दिमागले काम गर्न छोड्नु र यो लक्षणहरुसँगै सबैभन्दा घातक लक्षणहरू छालाहरु मृत अवस्थामा पुग्नु ।

स्पर्शको अनुभूति नै नहुनु, सानो भन्दा सानो काम गर्दा पनि शरीर फतक्क गल्नु तर त्यो एकहाते रोगलाई निम्त्याउने भाँडो स्पर्श हुँदा भने कुनै पनि थकानको महसुस नहुने ।

आँखा खुलेदेखि बन्द नभएसम्म शरीरका अंगहरु एकोहोरो पक्षघात भए जस्तो बसेको ठाउबाट उठ्न नसक्नु शरीरका कुनै पनि भागहरु राम्रोसँग चल्न नसक्नु ।

यदि कसैले उठाएर अन्तै राखे पुनः त्यही स्थानमा मात्र डेरा जमाई आहाल बस्नु । तर हातका औँलाहरुबाट भाँडो फुत्काउन मन नलाग्नु बरु मृत मानिस जस्तै एकोहोरो आँखा टालिनु । अन्त्यमा पानी दिएर मृत आत्मालाई बिदाई गरेजस्तै भाँडो हातमा पुनः दिएपछि एकहाते रोगीहरूको पनि रोगले छोड्ने अनि पुनर्जन्म प्राप्त गर्ने । साँच्चै भन्नुपर्दा यो एकहाते रोगले एउटा डब्बा भित्रको भाँडोको रूपमा मानव सभ्यतालाई गिज्यारहेको छ । आजको परिवार त्यो डब्बा भन्दा पनि साँघुरिएको छ । हिजो एउटा कोठानै घर भएको अवस्थामा पनि परिवारका सबै सदस्यहरू खुसी साथ अटेको देखिन्थ्यो झन् नजिक देखिन्थे । तर आज ठूला ठूला बंगलाहरु हुँदा पनि सबैजना झन् झन् टाढिएको देखिन्छ ।

यस्तै अवस्था हुँदै जाने हो भने यो एकहाते रोगको शिकार हामी जो कोही पनि बन्न सक्छौं । भोलिको दिनमा हरेक घरमा एकजना एकहाते रोगीहरुले घरलाई नै पागलखाना नबलाउनन् भन्न सकिँदैन । यसैले डब्बा भित्रको सानो भाँडो(मोबाइल) को र सामजिक सञ्जालको आवश्यक मात्रामा सीमित प्रयोग गरौं न कि यसलाई दुरुपयोग गरी यसको शिकार नबनौं । नमरी स्वर्ग देखिँदैन भने जस्तै
घोप्टेयुगकाे बारेमा जान्नकै लागि भएपनि एकपटक घोप्टेमुन्टो लाउने की??

र यो पनि

सुरुवात भयो नयाँ युग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ