सुरुवात भयो नयाँ युग



गंगा वन ।

हुन त मैले एकलाई समर्थन गरेर दोस्रोलाई विरोध गर्नलाई यो लेख लेख्न खोजेकी होइन । यसमा मेरो नितान्त व्यक्तिगत धारणा छ त्यसैले मनमा आएका विचारहरूलाई पोख्न मन लाग्यो । सामाजिक सञ्जाल पूरै रंगीन तस्बिरहरूले भरिएको छ अर्थात् मंसिरको महिना विवाहका तस्बिरहरू त्यसमा पनि विभिन्न टीका टिप्प्णीहरुको निकै घम्साघम्सी भएको देखिन्छ । सानो कोठामा बसेर यो दृश्यको अवलोकन गर्नुमा पनि छुट्टै मजा छ । विवाह साधारण व्यक्तिको घरमादेखि उच्च वर्गहरु सबैको घरमा हुन्छ । विशेषतः प्रसिद्धि जीवन जिइरहनु भएकाहरुको चाहिँ सानादेखि ठूला कुरा स्पष्ट देखिने गर्छ । अहिलेको समयमा नायिका श्वेता खड्का र हास्य कलाकार मनोज गजुरेलको विवाहको कुरा अझै धेरै चर्चामा रहेको देखिन्छ । तर मैले अलि बुझ्न नसकेको कुरा श्वेताजीलाई गाली दिनेहरू मनोजजीलाई चाहिँ किन ताली दिइरहेका छन् ? की त दुवैलाई गाली दिउँ होइन भने यसमा त स्वयम्को निर्णयको कुरा आउँछ । यसमा किन टाउको दुःखाइ बरु ताली नै दिउँ की कसो ?
एकलाई ताली अनि अर्कोलाई गाली आखिर किन ? के पितृसतात्मक समाज भएकै कारणले हो ? दुवैजनाको जीवनलाई नियालेर हेर्दा कसैले पनि आफ्नो बितिसकेको जीवनसाथीलाई धोका देको देखिँदैन त तर पनि किन यति पक्षपात ? यता मनोजजीको मिनाजीसँग पहिले नै पारपाचुके भएको छ भने उता नायक श्रीकृष्णजीले देहत्याग गरिसक्नु भएको छ ।

हो म मान्छु यदि श्रीकृष्णजी जीवित भइरहेको अवस्थामा त्यसमा पनि दुवै जनाको माया प्रेम भइरहँदा श्वेताजीले यो निर्णय एकलौटी रूपमा लिएको भए त्यो धोका नै हो त्यहाँ छलकपट नै देखिन्छ तर विगत लामो समयदेखि श्वेताजी खाली अन्धकारमा सिर्फ रोएर मात्र बिताउने की अबका दिनहरूलाई उज्यालो बनाउने त ?

उहाँले कसैको करकापमा नपरी आफूले नै प्रेम गरेको आफूलाई प्रेम गर्ने मान्छेसँग नयाँ जीवनको सुरुवात भयो त यसमा के आपत्ति ?
हो श्रीकृष्णजीका फ्यानहरुलाई चित्त दुख्नु स्वभाविक हो म पनि बच्चैदेखि श्रीकृष्णजीको फिल्म भने पछि हुरुक्कै हुन्थें आज उहाँ हामी माझ नभए पनि उहाँले छोडेर जानु भएको कार्यहरू हामी माझ नै छन् र सदैव सम्मानीय छन् ।

यदि श्रीकृष्णजी हुँदाहुँदै यो घटना भएको भए सायद के हुने थियो थाहा छैन तर साँच्चै भन्ने हो भने प्रेममा शरीरको निकटताको कुरा त धेरै दूरको कुरा हो श्वेताजीले साँचो प्रेम यदि कसैलाइ गर्नु हुन्छ भने स्वयम् श्रीकृष्णजी पनि यो निर्णयमा खुसी हुनुहुन्छ होला । किनकी प्रेममा स्वार्थ आउँदैन यहाँ त उसको प्रेमको खुसी र सुखी जीवनको कुरा आउँछ ।

हामी श्रीकृष्णजीको साँचो फ्यान हौं भने शरीर त्यागेर अर्को जन्ममा प्रवेश गरिसक्नु भयो वा कुनै सत्यलोकमा विराजमान भइ बस्नु भाको छ । उहाँको आत्माको सत्कर्मको लागि प्रार्थना गर्ने हो ताकि हामी माझ नहुनु भएको हाम्रो कलाकार माथि पटक पटक प्रहार गरिरहँदा उहाँकै(प्रेम) हामी माझ हुनु भएकी श्वेताजीको मानसपटलमा पनि धेरै तिक्तता आउन सक्छ । फेरि लुकिछिपी गरेको निर्णय पनि त होइन सबै आफ्ना प्रियजनहरुको आशिर्वाद र माया लिएर नै अगाडि बढ्नु भाको छ ।

कतिपय संस्कृतिहरु मानव निर्मित पनि छन् यसलाई धार्मिक परम्परासँग जोडिरहँदा हाम्रो सनातन धर्म माथि नै प्रश्न उठ्न सक्छ । एक पुरुषले आफ्नी श्रीमतीको देहत्याग भएपश्चात तुरुन्तै विवाहका लागि योग्य कहलिन्छन् । झन् त्यसमा अझै धेरै हौसला महिलाहरुले नै दिएको देखिन्छ भने एक नारीले आफ्नो पतिले देहत्याग गरेको ५ बर्ष पश्चात यो निर्णयमा पुग्नुमा आखिर कस्तो संस्कृति र परम्पराको कुरा आउँछ ? बरु आत्माबाट नै सम्मान गर्न मनलाग्यो श्वेताजी र श्वेताजीको नयाँ जीवनसाथी विजेन्द्रजीलाई पनि स्त्रीको विगतलाई स्वीकार्दै वर्तमानलाई स्वागत गर्ने एक पुरुषको साहस प्रति । हुन त भोलिको दिन कसैले देखेको छैन तैपनि आजको दिनलाई हेर्दा । पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल भएको एउटा तस्बिरले पनि छुट्टै सन्देश दिएको देखिन्छ। झापाकी आदरणीय रेणुका नेपालजी उहाँले वास्तबमा एक नयाँ युगको सुरुवात गर्नु भएको छ । हाम्रो हिन्दू संस्कृतिमा श्रीमानले देहत्याग गरेपछि श्रीमानको नाममा लगाइएको सिन्दूर, पोते, चुरा त्यहीँ फोरेर एक विधवाको रूपमा परिचित हुन सुरु हुन्छिन् । हिजोसम्म एक सधुवा महिला आजबाट विधवा अब उसको आगमन कुनै नयाँ कार्यको सुरुवातमा भयो भने साइत परेन भन्नेहरुलाई राम्रो झापड हो यो ।

हिजो शरीर नजिक हुँदा मात्र प्रेम हुने त्यसपछि सबै कुराको अन्त्य भयो भन्ने यथार्थलाई चिर्नु जरुरी छ र त्यो सराहनीय कार्य रेणु दिदीले गर्नु भएको छ । उहाँलाई पनि सलाम छ मेरो तर्फबाट ।

झन् अहिले सपना रोक्का मगरले त साच्चै नारी को हुन र नारी शक्तिले के चाहिँ गर्न नसक्ने रहेनछन् नारीहरूले भनेर देखाइदिनु भयो । उहाँको आत्मविश्वास र महान कार्यलाई आत्मिक नमन अनि सम्मान ।

पुरुष र महिला भएर जन्मनु भन्दा पनि पहिला सम्पूर्ण प्राणीहरू आत्मा हौ यसैले आत्माको लिङ्ग पहिचान भन्दा पहिले कर्मको मूल्यांकन गरौं किनकि यो कर्म लोक हो चाहे मर्त्यलोक भनौं वा कर्मलोक कर्म गर्न आएका हामी सत्कर्म गरी समाज, राष्ट्र, अनि सारा ब्रह्माण्ड को खातिर बाँच्नुपर्छ ।

धर्म र संस्कृतिको नाममा कुनै पनि खालका विकृतिहरुलाई बढवा दिनु हुँदैन । धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्दछ तर धार्मिक भन्दा पनि आध्यात्मिक भई स्वयमको आत्मालाई र सम्पूर्ण प्राणीहरुको लागि पनि सत्कर्म गर्नुपर्दछ । इतिहास कालदेखि धार्मिक शास्त्रहरुनै पल्टाएर हेर्ने हो भने पनि नारी शक्तिले निकै उच्च स्थान लिएको देखिन्छ काली महाकालीको रूप त्यसै भनिएको पनि पक्कै होइन होला ? पुरुषहरुको पनि प्रकृतिप्रति उति नै झुकाव र सम्मान देखिन्छ । सम्मान अनी नमन ती महान अनि पवित्र आत्माहरूप्रति जसले स्त्री पुरुषको भागबन्डा भन्दा पनि माथि उठेर धर्म र संकृतिको नाम पारेर समाज र राष्ट्रलाई उन्नति तिर भन्दा पनि दुर्गति तिर लैजानेहरुकोविरुद्धमा नयाँ युगको सुरुवात गर्नेहरू प्रति यदि समाजलाई हानी हुँदैन भने सकारात्मक कार्यहरूको सुरुवात स्वयमले गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र