भारतमा थप ४३ वटा मोबाइल एप्समा प्रतिबन्ध



भारतले थप ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ । प्रतिबन्धित एप्सहरुमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्सहरु रहेका छन् ।

भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी समेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

भारत सरकारले चिनियाँ मोबाइल एप्सहरुले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरु संकलन गरी चीन पुर्याएको आरोप लगाएको थियो । चीन र भारतबीच सीमावर्ती लद्धाखका विषयलाई लिएर महिनौंदेखि विवाद छ । तर सैनिक र कुटनीतिक तहमा सीमा विवादका विषयमा वार्ताहरु भइरहे पनि तनाव जारी छ । यी वार्तामा अघि सारिएका विषयका बारेमा विवरण सार्वजनिक भइरहेको छैन ।

भारतको एप्स प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ । भारतमा हाल चिनियाँ मोबाइल एप्सहरु तिब्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन् । कतिपय चिनियाँ कम्पनीहरुले भारतीय प्रयोगकर्ताका रुचीलाई समेटेर एप्सहरु निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्टारलिङ्कको पहुँच कटौती भएमा ‘विकल्प’ मा काम गर्दै किएभ

  किएभ । युक्रेनी रक्षामन्त्री रुस्तेम उमेरोभले आइतबार संयुक्त राज्य अमेरिकाले पहुँच रोक्न

रुसको कब्जामा रहेको तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनी ‘महत्त्वपूर्ण’ स्रोतहरू रहेको किएभको भनाई

किएभ । रुसले कब्जा गरेका क्षेत्रहरूमा करिब तीन खर्ब ५० अर्ब डलर बराबरको

पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो

जेरुसेलम। इजरायली रक्षा मन्त्रालयले कब्जा गरिएको पश्चिमी किनाराको उत्तरमा रहेका तीन वटा शरणार्थी

इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’