टिकटक बन्द भएको भारतमा यूट्यूबले उस्तै एप परीक्षण गर्ने



यूट्यूबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ । यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुनेछ ।

भारत र चीनबीच सीमामा तनाव चुलिएका बेला दिल्लीले टिकटकसहित सबै चिनियाँ एपलाई जुन प्रतिबन्ध लगाएको थियो । त्यस बेलासम्म भारतमा टिकटकका सर्वाधिक १२ करोड प्रयोगकर्ता थिए। यूट्यूबले भारतमा अब टिकटकको अभाव पूर्ति गर्न खोजिरहेका थुप्रै स्थानीय एपहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यूट्यूबको उत्पादन व्यवस्थापनतर्फका उपाध्यक्ष क्रिस जफीले एउटा ब्लगमा सर्ट्सको काम ’मोबाइल फोन मात्रै प्रयोग गरेर मानिसहरूलाई लोभ्याउने छोटा भिडिओ खिच्न खोज्ने सर्जक र कलाकारहरूका लागि’भएको जनाएका छन् ।

उक्त नयाँ एपमा भिडिओ क्लिपहरूलाई जोड्न सकिने, गति नियन्त्रण गर्न सकिने, समय तोकेर हातको प्रयोगबिना रेकर्ड गर्न सकिने जस्ता विविध सुविधा छन् । सर्ट्सले सङ्गीतको प्रयोग गरेर वा गीतको सङ्ग्रहबाट तिनको प्रयोग गर्ने विकल्प दिन्छ । सर्ट्स थप परिस्कृत भएर नयाँ सुविधाहरू थपिएपछि त्यो अन्य देशका बजारमा पनि विस्तार गरिने जफीले बताएका छन् ।

यूट्यूबको यो एप त्यस्तो बेला आएको छ जतिखेर अमेरिकी प्रविधि कम्पनी ओरकलले टिकटकको निर्माता बाईटडान्सलाई अमेरिकामा ’आफू विश्वासिलो प्रविधि साझेदार’ हुन भनेर औपचारिक रूपमा प्रस्ताव गरेको छ । त्यस्तो कदमको उद्देश्य राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाका कारण देखाउँदै टिकटकलाई अमेरिकामा बन्द गर्न दिएको चेतावनी छल्नु रहेको छ । ट्रम्प र भारत सरकार दुवैले पछिल्लो व्यवस्थाअन्तर्गत टिकटकमा हुने प्रयोगकर्ताका विवरणमा चीन सरकारको पहुँचमा हुनसक्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा

नासाको भोएजर अन्तरिक्ष यानद्वारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको

जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

  सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप