इमेल र इन्टरनेटको माध्यमबाट पनि सूचना प्रदान गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन



काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले इमेल र इन्टरनेटको माध्यमबाट पनि सूचना प्रदान गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले भौतिक रुपमा नै उपस्थित भएर निवेदन दिएपछि मात्र सूचना दिने व्यवस्थालाई परिमार्जन गर्दै इमेल र इन्टरनेटको माध्यमबाट पनि सूचना प्रदान गर्ने व्यवस्था मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदनमाथि कुनै छलफल नै नहुने व्यवस्था रहेको भन्दै प्रतिवेदन संसदमा पेश गरि छलफल हुने व्यवस्था मिलाउन सञ्चार मन्त्रालय र सुचना आयोगलाई निर्देशन दिएको छ ।

त्यस्तै सूचना अधिकारी नतोकिएका सार्वजनिक कार्यालयलाई प्रमुखभन्दा एक तहमुनिका अधिकारी तोक्न तथा प्रत्येक तीन–तीन महिनामा अनिवार्यरूपमा सूचना प्रकाशन गर्न र प्रकाशन नगरे कारवाही गर्न सूचना आयोगलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकमा प्रमुख आयुक्त महेन्द्रमान गुरुङले आयोगले सूचनाको हक र आयोगको पाँच वर्षीय रणनीतिक योजना तथा राजनीतिक र नीतिगत तहमा सूचनाको हकबारे गहन बहस चलाउने सोच अघि सारेको बताए ।

उनले प्रदेश र स्थानीय तहका सार्वजनिक निकायमा सूचनाको हकसम्बन्धी ज्ञान कम रहेको, नागरिक तहसम्म सूचनाको हक पुर्याउन नसकिएको तथा सूचना लुकाउने प्रवृत्तिमा कमी नआएको जस्ता विषयलाई आयोगले चूनौतिका रूपमा लिएको बताए ।

बैठकमा सदस्यहरुले सूचनाको हक कार्यान्वयनको अवस्थाले सुशासनको मापन र सरकारको लोकतन्त्र तथा पारदर्शीताप्रतिको नीति देखिने भएकाले सूचनाको हकको पालना गर्न, खर्च एवं निर्णयमा पारदर्शीता कायम गर्न सरकारलाई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका

जापानी विदेशमन्त्री योको र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानकी विदेशमन्त्री कामीकावा योकोबीच भेटवार्ता भएको

विदेशीको इशारामा प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेको अध्यक्ष लिङ्देनको दाबी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दवाव र प्रभावका कारण

उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी