फेसबुकले हटायो तीन महिनामा एक करोडभन्दा बढी बालउत्पीडनसँग सम्बन्धित सामग्री



फेसबुकले सामाजिक सञ्जालबाट हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक करोड १६ लाख सामग्री हटाइएको छ।

सो अवधिमा कुल तीन करोड तीन लाखभन्दा बढी सामग्रीहरू हटाइएको फेसबुकले बताएको छ। पहिलो पटक फेसबुकले अर्को चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामको तथ्याङ्क पनि समावेश गरेको छ।

चौध वर्षीया मोली रसेलको आत्महत्यापछि दबावका कारण फेसबुकले यस पटक हटाइएका आत्महत्यासम्बन्धी सामग्रीको पनि तथ्याङ्क सार्वजनिक गरेको छ।

रसेलले सन् २०१७ मा आत्महत्या गरेपछि उनका बुवाले उनको इन्स्टाग्राममा आत्महत्यासम्बन्धी थुप्रै पोस्ट रहेको थाहा पाएका थिए।

फेसबुकको चौथो प्रतिवेदनमा सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म हटाइएका सामग्री यस प्रकार छन्:

  • फेसबुकबाट एक करोड १६ लाख र इन्स्टाग्रामबाट सात लाख ५४ हजार बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्री
  • तीमध्ये ९९ प्रतिशत सामग्री फेसबुकले आफैँ पत्ता लगाएको र बाँकी लगभग एक लाख सामग्री अरूले दिएको जानकारीमा पत्ता लगाइएको
  • २५ लाख फेसबुकबाट र आठ लाख ४५ हजार इन्स्टाग्रामबाट आत्महत्यासम्बन्धी सामग्री
  • फेसबुकबाट ४४ लाख र इन्स्टाग्रामबाट १५ लाख लागुऔषध बेचबिखनबारे सामग्री
  • फेसबुकबाट २३ लाख र इन्स्टाग्रामबाट ५८ हजार हतियार बेचबिखनबारे सामग्री
  • इन्स्टाग्रामबाट एक लाख ३३ हजार आतङ्कवादसम्बन्धी सामग्री
  • फेसबुकले अल-कायदा, आईएस र तिनका सहयोगी संस्थाका ९९ प्रतिशत सामग्री हटाइएको दाबी गरेको छ।

    अन्य आतङ्ककारी सङ्गठनसँग सम्बन्धित ९८.५ प्रतिशत सामग्री फेसबुकबाट र ९२.२ प्रतिशत सामग्री इन्स्टाग्रामबाट हटाइएको छ।

    समग्रमा फेसबुकको तथ्याङ्कले उसले ठूलो परिमाणमा हानिकारक सामग्री हटाइरहेको देखिएको छ।

    सन् २०१९ को ज्यानुअरीदेखि मार्चसम्मको तीन महिनामा फेसबुकले ५८ लाख बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्री हटाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता

युक्रेन–रुस युद्धमा रणनीतिक हिसाबमा महत्वपूर्ण रहेको स्नेक आइल्यान्डबाट रुसी फौज पछाडि हटेको छ

मङ्गोलियामा घोडाबाट लडेर ८ बालबालिकाको मृत्यु

मङ्गोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ

युक्रेनलाई रुससँग लड्न मासिक पाँच अर्ब डलर आवश्यक

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर

फर्डिनान्ड मार्कोस फिलिपिन्सको राष्ट्रपतिमा विजयी

फिलिपिन्सका निवर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको उत्तराधिकारीका रूपमा फर्डिनान्ड मार्कोस जुनियरले शपथ लिँदैछन् ।