काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतविरूद्ध अदालतको अवहेलनामा मुद्दा दायर भएको छ । बुधबार बस्नेतविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर भएको हो ।
सर्वोच्च अदालतमा विचारधीन रहेको मुद्दामा धारणा राखेको भन्दै अधिवक्ता लबन न्यौपानेले बस्नेतविरूद्ध मुद्दा दायर गरेका हुन् ।
प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधीशहरूविरूद्ध अभिव्यक्ति दिएका भन्दै बस्नेतविरूद्ध मुद्दा दायर भएको हो ।
बस्नेतले एउटा कार्यक्रममा भनेका थिए, ‘शक्तिको सामु डराउने प्रधान न्यायाधीश फोन अफ गर्ने पन्छिने’,हामी वैदेशिक आक्रमणमा छौं र हाम्रो सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतहरू मात्र जलेका होइनन्। हाम्रो न्याय प्रणाली नै जलेको छ भन्ने कुरा यसबाट अनुभूति हुन्छ ।’
मुद्दाको चैत १ गतेलाई पेसी तोकिएको छ।

प्रतिक्रिया