काठमाडौं । जेनजी समूहका नेता सुदन गुरुङले आफूहरूले कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने बताएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत उनले आफूहरुको नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भड्काइएको बताएका हुन् ।
उनले आफूहरुको आन्दोलन सधैं शान्तिपूर्ण नै रहेको र त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं । हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भड्काइँदैछ । त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ। हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ, त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं। हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन । अब जनता जागिसकेका छन्, हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’

प्रतिक्रिया