हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा दिए निवेदन


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।

उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नामक दल दर्ताका लागि निवेदन दिएका हुन् । दल दर्ताका लागि आइतबार साम्पाङ आफैँ आयोगको कार्यालय पुगेका थिए ।