काठमाडौं । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले जेनजीको आक्रोश समीक्षा गर्दै ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नु पहिलो कदम हुने बताएकी छन् ।
आइतबार सामाजिक सजालमार्फत पाण्डेले जेनजी आन्दोलनले उठान गरेका विषय र उनीहरुको भावना बुझ्न हरेकले आफ्नो परिवार, आफन्त र छिमेकका त्यही समूहका युवाहरुको कुरा धैर्यतापूर्वक सुने मात्र पनि पुग्ने बताएकी हुन् । उनले यस सन्दर्भमा राजनीतिक नेतृत्व सबैभन्दा बढी विवेकी बन्नु आजको आवश्यकता भएको बताएकी छन् ।
यस्तो छ पाण्डेको भनाई
जेनजी आन्दोलनले उठान गरेका विषय र उनीहरुको भावना वुझ्न हरेकले आफ्नो परिवार/आफन्त र छिमेकका त्यही समूहका युवाहरुको कुरा धैर्यतापूर्वक सुने मात्र पनि पुग्छ । यस सन्दर्भमा राजनीतिक नेतृत्व सवैभन्दा वढी विवेकी बन्नु आजको आवश्यकता हो । उनीहरुको भावनाको सम्बोधनः–
– ठूला दलका शीर्ष नेताप्रति उनीहरुको आक्रोशको समीक्षा गरी बाटो प्रशस्त पहिलो कदम हुनेछ ।
–बाँकी नेतृत्वले पनि आफू, आफू संलग्न पद र संस्थाको गहन समीक्षा गरेर नीति, विधि, नेतृत्वको रुपान्तरणसहित आमनागरिकबीच सहज स्वीकार्य बन्ने काममा ढिलाई गर्नु हुँदैन ।
– सुशासनका बाधकहरुको पहिचान गर्दै आवश्यक कारबाहीको निरन्तर प्रक्रिया नै आमरुपमा लिनु पर्ने बाटो हो ।
– यसका लागि, पहिलो पुस्ताको बिदाइ, अनि जेन–वाई र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भुमिका स्थापित गर्दै अगाडी बढ्ने विषय अबको कामको केन्द्रविन्दु बन्नु जरुरी छ ।
– युवाहरुको बुझाई परिपक्क छ भन्ने कुरा देखाइसके । जिम्मेवारीमा सक्षम र कुशल बनाउने काम हाम्रो पुस्ताको पनि हो ।

प्रतिक्रिया