काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेनजी आन्दोलनका क्रममा देशभर भएका आगजनी र तोडफोडमा आफ्नो पार्टीसँग सम्बन्धित कसैको संलग्ता देखिए सख्त कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।
आइतबार माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गरी त्यस्ता मानिसलाई आफूहरुले पनि कडा कारबाही गर्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको कार्यालयहरू, अध्यक्ष क. प्रचण्ड लगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड गर्ने कार्य भएका छन्, त्यो तथ्य जनतासामु प्रष्ट छ । यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं। तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं।’
कतिपय व्यक्ति र समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भएको भनेर प्रचार गरेको भन्दै माओवादीले आपत्ति समेत जनाएको छ।


प्रतिक्रिया