काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्यागको घोषणा गरेका छन् । आइतबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले अब नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्ने घोषणा गरेका छन् । उनले आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिएकोमा सबैलाई धन्यवाद दिएका छन् ।
उनले आफ्नो कसैसँग दुस्मनी नरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन। मेरो दामोदरसँग कुनै दुस्मनी छैन । तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुस्मनी छैन । मेरो दुस्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ।’

प्रतिक्रिया