सुशीला कार्कीको आज राति ९ बजे शपथ


काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर जेन–जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविदसँगको छलफलपछि यस्तो सहमति जुटेको हो ।

छलफलमा प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको जेनजी अभियन्ता रक्षा बमले जानकारी दिइन् । राष्ट्रपति कार्यालयले पनि पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको शप खुवाउने तयारी भएको जनाएको छ ।