काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जसको आन्दोलन उसैलाई नेता बनाउन जेनजीलाई सुझाव दिएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेका बेला पूर्व सञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाको यस्तो भनाई आएको हो । बास्कोटाले देश प्रयोगशाला बनेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘प्रयोगशाला भन्दा फरक नभएपछि पुरानाले, नयाँले,झन् नयाँले र महानयाँले अन्तिममा आफ्नै गालामा थप्पड हान्ने र हरेक टाल्टुले समाधान बढीमा एक दशकको लागि खोज्ने हो । किनकी यहाँ सर्पको मुखमा परेको भ्यागुतोले फट्याङ्ग्राको शिकार गर्न मुख बाउँछ, जसको आन्दोलन उही नेता हुनु नि । फेरि उत्खनन किन ?’

प्रतिक्रिया