पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी


काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी आजै शपथ ग्रहण गराउने तयारी गरिएको हो ।

राष्ट्रपति पौडेलले जेनजी समूहको चर्को दबाबका बीच शीतल निवासमा बिहीबार मध्यरातसम्म प्रधानसेनापति, विभिन्न दलका नेता, संविधानविद्लगायतसँग छलफल गरेका थिए ।

दल र संविधानविद्हरूले संविधान नमासिने गरी कदम चाल्न सुझाएका थिए । राष्ट्रपति संविधानको संरक्षक भएकाले उनले पाएको अधिकारअन्तर्गत गैरसांसद कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरिएको हो । जेनजी आन्दोलनकारीहरूको मागअनुसार नै कार्कीको नाममा सहमति जुटेको बताइएको छ ।