राष्ट्रिय हितका लागि काम गर्न सुशीला कार्की तयार


काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि आफू तयार रहेको बताएकी छन् ।

भारतीय टेलिभिजन च्यानल न्यूज १८ सँगको कुराकानीका क्रममा कार्कीले यस्तो बताएकी हुन् । उनले जेनजीले सरकारको नेतृत्व गर्न आफूलाई प्रस्ताव गरेको र आफू राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताइन् ।