थप मानवीय क्षति हुन नदिन र सबै पक्षलाई जिम्मेवार बन्न राष्ट्रसंघ महासचिवको आग्रह


काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जारी घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

सामाजिक संजालमार्फत महासचिव गुटेरेसले शान्तिपूर्ण समाधानका लागि सम्बद्ध निकायलाई गम्भीर छानबिन गर्न, हिंसाको थप बढोत्तरी रोक्न संयम अपनाउन र संवादमार्फत रचनात्मक बाटो अघि बढाउन आग्रह गरेका हुन् ।

त्यसैगरी उनले मानवअधिकारसम्बन्धी कानुनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै प्रदर्शनहरू शान्तिपूर्ण ढंगले हुनुपर्ने बताएका छन् ।