सभामुखलाई माओवादीको जवाफः विधेयक रोकिएकोबारे सत्तापक्षलाई सोध्नु



काठमाडौं । नेकपा माओवादीले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरूमा ढिलाई भएको आरोप लगाएको छ ।

आइतबार सभामुख देवराज घिमिरेसँग प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँगको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद अधिवेशन, विधेयकको अवस्था लगायतका बारेमा सभामुखले चासो राखेको भन्दै ढिलो हुनुको कारण सत्ता पक्षकै प्रतिनिधिसँग सोध्न आग्रह गरेका हुन् ।

उनले धेरै सांसद सत्ता पक्षको भएकाले विधेयक अघि बढाउन सत्तापक्षकाले बढी ध्यान दिनुपर्ने बताए । उनले भने, ‘विधेयकहरुको बारेमा विपक्ष दलहरुको तर्फबाट त उपस्थित भएकै छौं । समितिमा हाजिर हेरेपनि हुन्छ । तर सत्तापक्षकै तर्फबाट सरकारकै मन्त्रीहरु उपस्थित नभएर ढिलो भएको हो ।’

उनले अध्यादेशका बारेमा सरकारले संसदलाई राम्रोसँग रेस्पोन्स नगरेको बताए । विधेयक फिर्ता नलिई अध्यादेश ल्याइएकोबारे सभामुखले र संसद सचिवालय पनि सरकारसँग कुरा गर्नुपर्छ भन्ने धारणा राखेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमिसम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीत रहेको जसपा नेपालको ठहर, विपक्षमा मतदान गर्ने निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ

सरकारले संसदलाई ‘मिनीमाइज’ गरिरहेको छः प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको अपहेलना गरिरहेको

‘ गृहमन्त्रीले आफैंले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा देशमा किन बस्ने ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको

भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा, साउथ सुडान विश्वकै भ्रष्टाचार गर्ने मुलुक

काठमाडौं । नेपाल भ्रष्टाचारको सूचकांकमा एक स्थान खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार