ब्राह्मण-क्षत्री विरुद्धको यो षडयन्त्र !



डा. गोविन्दशरण उपाध्याय ।
के नेपाली ब्राह्मणहरू साच्चिकै राजस्थानबाट कन्नौज हुँदै धारचुलाबाट नेपाल छिरेका शरणार्थी नै हुन् त ? ई. पूर्व ६०० तिर जन्मेका ऐतिहासिक बुद्धले आफ्ना गाथाहरूमा जताततै ब्राह्मण, क्षत्रीआदिको उल्लेख गरेकै छन्, सन् ३५० तिर कुँदिएका चाँगुनारायणका ढुङ्गाहरू, सन् १००० तिर कुँदिएका सिंजा र दैलेखमा भेटिएका शीलालेखहरूमा, ने–नामका ऋषिले नेपालको स्थापना गरेको भन्ने हिमवतखण्डकको बखानअनुसार, लिच्छविकालीन काठमान्डौका शिलालेखहरू र ठ्यांसाहरूमा भेटिने ब्राह्मणहरू को थिए ? के उपर्युक्त ब्राह्मणहरू निःसन्तान मरे ? यदि तिनका सन्तान थिए भने कहाँ गए र कहाँ छन् ? मुसलमानले दुःख दिएर नेपाल छिरेका भन्दै ब्राह्मणको इतिहास लेख्ने र त्यसमा विश्वास गर्ने प्रमाण के छ ? हो, केही ब्राह्मणहरू मुगलबाट आफ्नो धर्म जोगाउन नेपाल छिरे होलान्, तिनको प्रमाणिक इतिहास खोजिनु पर्छ ।

मैले भारतको इतिहास पढ्दा १० औं देखि १२ औं शताब्दितिर मुगलहरूले आजको कन्नौज भनिने कान्यकुन्ज देशमा राज्य गरेका नै थिएनन् । मुसलमानले धेरैपछि तेहा कब्जा जमाएका हुन् । मुसलमानले शासन नै नगरेको ठाउँहरूबाट ब्राह्मणक्षत्री नेपाल किन छिर्नु पर्यो ? नेपाली ब्राह्मण–क्षत्रीहरूलाई शरणार्थी बनाउन काल्पनिक इतिहास लेख्ने पहिलो इतिहासकार (विदेशी वा स्वदेशी) को हो ? नेपालका सम्पूर्ण पहाडी ब्राह्मणहरूलाई शरणार्थी बनाउने इतिहास सत्य हुनै सक्दैन । यस्तो इतिहास लेख्ने र यसमा विश्वास गर्ने दूवैको प्राथमिक उद्देश्य नेपाली सनातन धर्मको संस्कृति, सभ्यताको निर्माणमा ब्राह्मणहरूको योगदान अस्वीकार गरेर यहाँको मौलिक संस्कृति विदेशीहरूका हातमा दिनु थियो भन्न मिल्छ । दुःख कुरा त के भने आज हाम्रै विद्वानहरूले यस्तो आत्मघाती सिद्धान्तलाई जानेर वा नजानेर आत्मसात गरिरहेका छन् ।

म प्रमाणपूर्वक भन्न सक्छु, हाम्रा पूर्खाहरूको रैथाने आदिभूमि नै नेपाल हो । ब्राह्मणहरू भारतवर्षभरी फैलिएका छन् । तर नेपालका हकमा भने जडभरत, जैमिनी, कपिल, पतंजलिआदि ऋषिहरू ब्राह्मण थिए र तिनले तपस्या गरेका क्षेत्रहरू गण्डकी क्षेत्रमा आज पनि जीवन्त छन् । शिलालेखहरू, इतिहासका पानाहरू सबैले नेपालमा ब्राह्मण–क्षत्री समुदायको उपस्थिति प्राचीनतम रहेको बोलिरहेका छन् । रह्यो, बसाइ सर्ने कुरा – यो प्राकृतिक कुरा हो । तर नेपाली ब्राह्मण–क्षत्री समुदायलाई शरणार्थी बनाउने इतिहास लेख्नेहरू र त्यसलाई पत्याएर ‘हामी भारतमा मुसलमानले दुख दिएका कारण धर्म जोगाउन नेपाल छिरेका ब्राह्मण–क्षेत्रीहरूका सन्तति हौँ’ भनेर लेखिरहेका छौँ । के यस्तो लेख्नु र पत्याउनु उचित हो ?

नेपाली समाजको सहअस्तित्वमा फूट पार्न घृणावादी र विदेशका ‘झोले’हरूले उपर्युक्त इतिहासको प्रसंगलाई प्रमाणिक मान्न ज्यान दिनु स्वभाविक लाग्छ तर नेपालका नाम चलेका विद्वानहरूले नै ‘ब्राह्मणहरू मुसलमानको डरले भारतबाट भागेर धर्म जोगाउन नेपाल पसेका हुन्’ भन्ने अप्रमाणित तत्थ्यलाई वारम्वार सम्भार गर्नु प्रमाण र तत्थ्यहीन कुरालाई महत्व दिनु र घृणावादीहरूको गोटी बन्नु हो । राजस्थानका राणाहरू आफ्नो धर्मका पक्षमा उभिएका हुन् र त्यस वेला मुसलमानको अत्याचार सहन नसकेर लखनौंको बाटो केही ब्राहमण र क्षत्रीहरू नेपालमा प्रवेश गरेका हुन सक्छन् । उपत्यकामा केही मारवाडी ब्राह्मणहरू छन् सम्भवतः उनीहरू तेसै वेला ‘धर्म जोगाउन’ नेपाली छिरेको सम्भव छ । यदि नेपालका पहाडी ब्राह्मणहरू तेताबाट आएको भए कुनै न कुनै पहाडी ब्राह्मणले लिखितरुपमा यस बारे केही लेखेको भेटिनु पर्थ्यो । तर, सन् १००० देखि १४०० र त्यसपछि का दस्तावेजहरूमा यस्तो प्रसंग पाइन्न ।

धेरैजसो थर बंशावलीहरूमा ‘धर्म जोगाउन नेपाल छिरेको’ भन्ने विषयवस्तुलाई निकै महत्व दिएको देखिन्छ तर सन् ३५० तिर को शीलालेखमा उल्लेख भएका ब्राह्मणहरू कै सन्तति अहिलेका नेपालका ब्राह्मण समुदाय हुन् भन्ने तर्कमा एकशब्द लेखेको भेटिन्न । जो–जसले जे–लेखे पनि म र मेरो कूल भारतबाट शरण खोज्दै धर्म जोगाउन आएका मध्ये पर्दैनौं । हामी नेपालका अनादि रैथाने ब्राह्मण हौँ । प्रष्टसँग कुरा बुझ्नुस् र यस्तो ‘धर्म रक्षा गर्न भारतबाट नेपाल छिरेका महान् धर्मरक्षक हौँ’ भन्ने षडयन्त्रलाई अस्वीकार गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदारः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै

इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको

‘हजारौँ रुपैयाँ लिएर वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने तर विदेश पुग्दा किन अस्वस्थ्य भनेर पठाइन्छ ?’

  काठमाडौँ । सरोकारवालाले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्ने बताएका

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने फैसला पुनरावलोकनका लागि सर्वोच्चले दियो ‘निस्सा’

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको