छेङ्दुमा चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट



काठमाडौं । बिहीबारदेखि चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

शुक्रबार उनीहरुबीच चीनको छेङ्दुमा भेटवार्ता भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । भेटमा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान गरेको र प्रधानमन्त्रीको चीनको औपचारिक भ्रमणको तयारीका विषयमा छलफल भएको मन्त्री राणाले जानकारी दिइन् ।

भेटमा नेपाल र चीन दुवैतर्फका विदेश मन्त्रालयस्तरीय अधिकारीहरु पनि सहभागी थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि राणा चीन गएकी हुन् ।

परराष्ट्रमन्त्री राणा शनिबार स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओली आगामी सोमबार ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाशमानलाई सांसद ज्वालाको आग्रहः गणेशमानको बदनाम गनुभो, माफी माग्नुस्

काठमाडौँ । नेकपा एकीकृत सामाजवादीका सांसद प्रकाश ज्वालाले उपप्रधान तथा सहरी विकास मन्त्री

मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरियोः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताएका छन् ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, दुई खर्ब १७ अर्बको लक्ष्यमा ९९ अर्ब मात्र उठ्यो

काठमाडौँ । चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर

फेरि भाँचियो तामाकोशीको पुल

मन्थली । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौली ठेडिखोला जोड्ने