रास्वपाले भन्यो-हाम्रा सभापतिलाई हिरासतमा राखेर होइन, बाहिरै राखेर अनुसन्धान गरियोस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरेको छ ।

बुधबार पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरी पार्टी सभापति लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँछौं ।’

त्यस्तै रास्वपामा मंगलबार पोखरामा भएको प्रहरी धरपकडप्रति पनि आपत्ति जनाएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

पार्टी सभापति पक्राउ परेपछि रास्वपाका नेताहरुले प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग भेट गरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै आएका छन् ।

तर प्रधानमन्त्रीले रवि पक्राउ संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा भएकाले त्यसमा सरकारले केही गर्न नसक्ने जवाफ दिएका छन् । तर रास्वपाले रवि पक्राउलाई राजनीतिक प्रतिशोधको विषय बताउँदै दैनिकजसो विरोध प्रदर्शन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम

गण्डकी। पोखरा महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन २०८१ अनुसार महानगपालिकाको कूल

गण्डकी प्रदेशसभा सदस्य थापाद्वारा पद तथा गोपनीयताको शपथ

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेकी

०८४ सालको निर्वाचनपछि मुलुकको राजनीतिक परिस्थिति अझ असामान्य रुपले बिग्रिँदै जानसक्छः महासचिव भूसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले कांग्रेस र एमालेले अगाडि

‘नेपाल र चीनबीच संस्कृति, पर्यटनका साथै ‘कनेक्टिभिटी’,मा सहकार्य आवश्यक’

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राजनीतिक सल्लाहकार