संसदमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन पेस



 

काठमाडौँ ।  प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेकी हुन् ।

प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्नुभएको थियो । सभापति सिंहले कतिपय विकासका आयोजनाहरु राजनीतिक उपजका शिकार हुँदा प्रतिफल अनिश्चितता भएको बताए ।
उनले मन्त्री फेरिएपिच्छे कर्मचारीहरुको सरुवा गर्नु, आयोजनमा खटिएका कर्मचारीलाई आयोजना नसकिदासम्म सोही आयोजनामा काम गर्न नदिनु, आयोजनाका काममा राजीनितक हस्तक्षेप हुनुलगायत यावत समस्या रहेका जानकारी गराए ।

आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बार्षिक प्रतिवेदन, २०८१ पेस गरे ।
बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा सदस्यहरुको नाम हेरफेर भएको जानकारी गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई एमाले महासचिवको प्रश्नः सीईओले कम्पनीमा आएको पैसा र खर्चको दायित्व लिनु पर्दैन ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति

नगरवासीको यात्रालाई सुविधाजनक बनाउन इटहरीमा विद्युतीय बस सेवा सुरु

धरान । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले बुधबारदेखि चारवटा विद्युतीय बसबाट सेवा

मन्त्रालय कुर्दाकुर्दै मदुकुमार….

नारायण गाउँले । यो भ्रष्टाचार र लूट हो कि होइन महोदय ? बागमती

कुन छिमेकीका लागि हो प्रधानमन्त्रीको यस स्तरको कटु भाषा ?

जेपी गुप्ता । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै