यसरी हुँदैन, एमाले सरकारमा भएको बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताएका छन् ।

शनिबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले चलाइरहेका मन्त्रालयको बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्ने बताए ।

उनले दिगो विकास लक्ष्य पाँच वर्षभित्र पूरा गर्नुपर्ने भन्दै मुलुकको विकास र गरिबी घटाउन उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने बताए । देश बनाउने सङ्कल्प, अठोटसहित उद्यमशीलता बढाउन प्रविधिको प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।

अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर पार्ने प्रयासस्वरूप एमालेविरुद्ध प्रतिक्रियावादीले गलत हल्ला फैलाएका तर्फ सचेत रहनुपर्ने बताए ।

‘प्रतिक्रियावादीहरूले देश अगाडि नबढोस् भनेर राष्ट्रिय शक्तिलाई कमजारे पार्न चाहान्छन्”, उनले भने, ‘भ्रमको जालो फिजाउन, आस्था हटाउने र जनविश्वास कसरी कमजोर बनाउन सकिन्छ भनेर एमालेविरूद्ध लागिपरेका छन् । त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक महिनामा बाढी, पहिरो र चट्याङबाट ६९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् (मुख्यगरी बाढीपहिरो र

विपदका बेला सक्रियता बढाउन सबै जिल्लाका सिडिओलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन प्रमुख जिल्ला

काठमाडौँको ढलमा पोलियो जीवाणु देखिएपछि खोप अभियान संचालन

  काठमाडौँ । काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ । स्वास्थ्य सेवा

खोला र तालमा डुबेर पोखरामा तीनजनाको मृत्यु

  कास्की । पोखरामा शुक्रबार भएका दुई छुट्टाछुट्टै घटनामा खोला र तालमा डुबेर