एमालेलाई विश्वप्रकाशको जवाफः कांग्रेसलाई हुँदै नभएको कुरामा आरोप लगाएपछि मौन धारण गरेर त हुँदैन नि !



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी–स्टेट बिक्री प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले गल्ती गरेर कांग्रेसलाई दोष लगाएको बताएका छन् ।

सोमबार पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले कांग्रेसलाई दोष दिएर ओली उम्किन खोजेको बताएका हुन् । उनले आफ्नो अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष विष्णु पौडेलले माफी माग्नुपर्ने बताएको प्रति महामन्त्री शर्माले त्यो किमार्थ हुन नसक्ने बताए ।

उनले एमाले उपाध्यक्षले माफी माग्नुपर्ने बताएको भए त्यो गलत भएको बताए । उनले भने, ‘उहाँले त्यसो भन्नु भएको भए गलत हो तर उहाँले भन्नु भएन होला । सर्वोच्च अदालतले गिरीबन्धु टी–स्टेटमा पूर्णपाठ दिइसकेपछि पनि कांग्रेसले कुनै प्रतिक्रिया दिएको थिएन । पहिलो आक्रामक प्रतिक्रिया त सम्माननीय केपी ओलीकै थियो। उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो। उहाँले आरोप लगाउन छुट दिने, प्रतिवाद गर्न चाहिँ उहाँलाई सोध्नुपर्ने ? कांग्रेसको तर्फबाट मैले महामन्त्रीको हैसियतले सहकारी बन्धु भनेको बोलेको हुँ । कांग्रेसलाई हुँदै नभएको कुरामा आरोप लगाएपछि मौन धारणा गरेर त हुँदैन नि।’

उनले गिरिबन्धु टी–स्टेट प्रकरण भएका बेला कांग्रेस सरकारमा नभएको बताए । उनले भने, ‘२०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो, भूमिसुधार मन्त्री हुनुहुन्थ्यो राधाकृष्ण मैनाली। कांग्रेस त सरकारमा थिएन । २०६० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेला पनि गिरीबन्धुबारे केही निर्णय भयो कांग्रेस सरकारमा थिएन। २०७८ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, गिरीबन्धुबारे बाँकी निर्णय त्यसबेला भएको थियो। कांग्रेस सरकारमै नभएका बेलाका कुरा कांग्रेसलाई आरोप लगाएपछि हामीले तथ्य राखेका हौं।’

महामन्त्री शर्माले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा रविलाई सहकारीमा जोगाउन र ओलीलाई गिरिबन्धुमा जोगाउन दुई दलबीच सहमति भएको बताएका थिए । महामन्त्री शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोमबार कांग्रेसले यस विषयमा लिखितरुपमा माफी माग्नुपर्ने र नमागे प्रतिवाद गर्ने बताएका थिए ।

जेठ दुई गते पार्टीको संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले गिरीबन्धुमा कांग्रेसले ५१ बिघा बेचेर कमिशन खाएको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद, थप चार मन्त्रीले लिए शपथ

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसका थपचार मन्त्रीले शपथ लिएका छन् । शनिबार

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर