कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम संसद्‍बाट बहुमतले पारित



काठमाडौं । विपक्षी दलहरुको नाराबाजीका बीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबारको संसद बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले संशोधन प्रस्तावलाई अस्वीकृत गरेका थिए । लगत्तै नीति तथा कार्यक्रम बहुमतले पारित गरेको सभामुखले घोषणा गरेका थिए ।

नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले नाराबाजी जारी राखेका थिए। नाराबाजीमा उत्रिएपछि सभामुख घिमिरेले पेलेर सदन अगाडि बढाएका थिए ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेससहित विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी

काठमाडौँ। मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि

पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ ।

पार्टीभित्र विचारको कुनै मतभेद नभएको अध्यक्ष नेपालको दाबी

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको

अहिले जनतामा डगमगाउन खोजेको जनविश्वासलाई सबल र सुदृढ तुल्याएर अघि जानुपर्छ

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि