कांग्रेससँग प्रधानमन्त्रीको प्रस्तावः पहिला गृहमन्त्रीलाई बोल्न दिऔं, त्यसपछि संसदीय समिति गठन गरौं



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवालाई यस्तो प्रस्ताव गरेका हुन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले गृहमन्त्रीलाई बोल्न दिए संसदीय समिति गठन गर्ने प्रस्ताव गर्नुभएको जानकारी दिए ।

उनले प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक रहेको भन्दै यसबारे पार्टीमा छलफल गर्ने बताए । कांग्रेसले संसदीय समिति गठन नभएसम्म गृहमन्त्रीलाई बोल्न नदिने भन्दै सदन अवरुद्ध गर्दै आएको छ । नेकपा एमाले भने संसदीय समिति गठनको विपक्षमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी

सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने

घट्यो डिजेल र मट्टितेलको मूल्य

  काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य