हत्या, ठगी जस्ता गम्भीर आपराधिक मुद्दामा समेत सत्तामा हुँदा र नहुँदा पूरै उल्टो अडान पनि हुन्छ र ?



नारायण गाउँले ।
गत माघमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहलाई १७ वर्षका विद्यार्थीको निर्मम हत्यामा संलग्न रहेको अभियोगमा अदालतले दोस्रो पल्ट पक्राउ पुर्जी जारी गर्यो । माओवादी सत्तामैं थियो, गृहमन्त्री उसैको थियो । उनी पक्राउ परिनन् । कांग्रेस माओवादीको फेर समाएर सरकारमैं थियो, उसले विरुद्धमा बोल्ने कुरो भएन । कानुनको पालना भन्ने भाषण त विपक्षमा हुँदा पो गर्ने हो । उसले त सत्तामा हुन्जेल रवि लामिछानेको सहकारी काण्ड पनि याद गरेको थिएन ।

रास्वपा र एमालेका नेता र पत्रकारले यस विषयलाई उठाए, विरोध गरे । कानुन सत्ता पक्षलाई नलाग्ने व्यङ्ग्य गरे । गृहमन्त्रीमाथि प्रश्न गरे, राजीनामा दिनुपर्ने माग गरे । त्यसको एक महिनामा सरकार परिवर्तन भयो । रास्वपा र एमाले सत्तामा पुगे । अहिले त सरकारले नै अदालतले पुर्जी जारी गरे पनि मुद्दा चलारहनु नपर्ने भन्दै पञ्चा सिंहलाई उन्मुक्ति दिने निर्णय गरेछ । एमाले र रास्वपा मौन छन् ।

आफ्नै निर्णयविरुद्ध बोल्ने कुरो पनि भएन । पञ्चा सिंह दोषी हुन् या होइनन्, त्यो अदालतले फैसला गर्ने हो, हामीले होइन तर सरकारी दलको व्यक्तिलाई मुद्दा नै नलाग्ने, छानबिन नै नहुने जस्तो खतरनाक नजीर बस्दै गर्दा नागरिक समाजले पनि खास बोलेको सुनिएन । राजनीतिमा आफ्नो र अर्काको इश्युमा अलिकति तलमाथि त स्वाभाविक होला, तर हत्या, ठगी र तस्करी जस्ता गम्भीर आपराधिक मुद्दा र विषयमा समेत सत्तामा हुँदा र नहुँदा पूरै उल्टो अडान पनि हुन्छ र ? हामी उल्टो बाटो हिँड्दै त छैनौं ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टरको भग्नावशेष फेला

बीबीसी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा