युवाहरूको सपनाको हत्या जति यो अवधिमा भयो –त्यति इतिहासमा कहिल्यै भएन



केशवप्रसाद भट्टराई ।
२०६२/६३ पछिको झन्डै दुई दशकको अवधिमा राम्रो के भयो र नराम्रो के भयो ? यो पनि अति त्यो पनि अति ! संविधानमा जति अभाव र त्रुटी भएपनि मुलुकका सवै आस्था र विश्वासहरू, सबै किसिमका आग्रह र कुण्ठाहरूलाई समेत समेट्न सक्ने संविधान मुलुकसँग छ । संविधान बाहिर मुलुकका कुनै राजनीतिक शक्ति छैनन्–यो राष्ट्रको ऐतिहासिक सफलता हो । यो अवधिमा बाटाघाटा गाउँगाउँमा पुगेका छन् । बिजुली, खानेपानी र टेलिफोनको सुविधा नपुगेका गाउँ वस्ती विरलै होलान् । ठूला ठूला भव्य विद्यालय भवन बनेका छन्, गाउँ गाउँमा अस्पताल पुगेका छन् । सामाजिक सञ्जालले हरेक व्यक्तिमा शक्ति र आत्मविश्वास भरेको छ ।

तर राजनीतिक नेतृत्वको निष्ठा र विश्वसनीयता शून्य भन्दा पनि तल झरेको, उनीहरूको छवि ध्वस्त भएकोले यो अवधिमा भएका उपलव्धिहरूतर्फ मानिसको ध्यान गएको देखिन्न । एउटा पोखरा र भैरहवा विमानस्थलले नेपालको विकासको दर्शनलाई क्षतविक्षत पारेको छ । २०६२–६३ पछि सरकारमा सवैभन्दा बढी माओवादी छ , अनि एमाले र काङ्ग्रेस । पछिल्लो सरकारमा आफैँ हुन्छन् र आफैँ सम्मिलित अझ आफ्नै नेतृत्वको अघिल्लो सरकारको विरोध गर्दछन् । झन्डै दुई दशक सरकारको नेतृत्व गर्ने यिनै तीन दल हुन् ।

आफैँ आफ्नो दलको नेतृत्वको सरकार ढाल्छन्–आफैँ आफ्नो दल मिलाएर सरकार चलाउन नसक्ने नालायकहरू अरूमाथि दोष थोपरेर आफू निर्दोष देखिन चाहन्छन् । लाग्दछ – यो अवधिमा जति भ्रष्टाचार सम्भवत नेपालको इतिहासमा कहिल्यै भएन । राजनीतिक सत्ता स्वार्थको लागि यो अवधिमा जति अदालत, अन्य संवैधानिक अङ्ग , प्रहरी लगायतका राज्य संयन्त्रको दुरुपयोग र भ्रष्टीकरण र अन्ततः तिनको क्षमता र विश्वनीयताको क्षय कहिल्यै भएन । शैक्षिक क्षेत्र यति अस्तव्यवस्त कहिल्यै भएन । युवाहरूको सपनाको हत्या जति यो अवधिमा भयो –त्यति इतिहासमा कहिल्यै भएन । यति अस्तव्यवस्त र असन्तुलित परराष्ट्र नीति मुलुकले कहिल्यै अनुभव नै गरेन । राजनीतिक, समिक र आर्थिक रुपमा नेपाल यति असुरक्षित र अस्तव्यवस्त कहिल्यै थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको

सदन चल्ने सहज वातावरण नभए अध्यादेशको बाटो रोज्नुपर्ने हुन्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा