एमाले प्रतिनिधि परिषद् वैठकः इमान्दारलाई अगाडि बढाउन अनैतिक, भ्रष्ट र अनुशासनहीनमाथि कारबाहीमा जोड



 

काठमाडौँ । नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ ।

पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका बारेमा पनि नैतिक प्रश्न गम्भीर आशङ्का पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानविन गरी कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

“एमालेको विशेषता भनेको यसका नेता र कार्यकताहरु सरल, नैतिकवान् चरित्रवान् र जनपक्षीय हुनु हो । यसप्रकारको विशेषताले हाम्रो पार्टीलाई अरुपार्टी भन्दा फरक र विशिष्ट बनाउने काम गरेको छ । पछिल्ला समयमा हाम्रो पार्टीका नेता र कार्यकताबारे सार्वजनिक रुपमा टिकाटिप्पणीहरु सुनिने तर त्यसका बारेमा कुनै सुनुवाई नभइरहेको अवस्था देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा यस्ता घटनामा पार्टीका तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइदा इमान्दारहरु पीडित हुने र कमजोरी गर्नेले छुट पाउने स्थिति सिर्जना हुने अवस्था रहेको उल्लेख गर्दै अब त्यसप्रकारको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।

प्रतिवेदनमा पार्टी नेता तथा कार्यकताको जीवनशैली, आचरण र व्यवहार जनपक्षीय, पारदर्शी र नैतिकवान हुनुपर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा जिल्ला र पालिका तहमा कुल मतदाताको छ प्रतिशत र वडामा न्यूनतम तीन प्रतिशत पार्टी सदस्यता बिस्तार गर्ने उल्लेख छ ।

प्रतिवेदनमा पुराना सदस्यले नवीकरण शुल्क बुझाइसकेको अवस्थामा पनि नवीकरण विवरणमा नाम समावेश नभएको कमजोर देखिएको जनाइएको छ । कतिपय जिल्लाले पार्टी सदस्यता नवीकरणमा ध्यान दिएको नपाइएको विषय पनि उठान गरिएको छ ।

पार्टीले युवालाई नेतृत्व विकास गर्नका लागि प्रत्येक गाउँपालिकाले ५० जना, नगरपालिकाले एक सय जना, उपमहानगरले एक सयल ५० जना र महानगरले दुई सय जना युवा पहिचान गर्दै नेतृत्व विकासको लागि प्रशिक्षण प्रदान गरी पार्टीको काममा जोड्नुपर्ने उल्लेख गरिएको छ ।

अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार वोहराको प्रतिवेदनमाथि विभिन्न छ समूहमा छलफल भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्याकाबारेमा राष्ट्रसङ्घ महासचिवको चासो

न्युयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेकी

तराई क्षेत्रमा आगामी तीन दिन तातो हावाको लहर चल्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा

सहकारी ठगीमा सङ्लग्नलाई कारबाही गर्ने कार्यदेश पाएपछि व्यक्तिको नाम राखेनौंः रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उठाउँदै आएका मागको मुख्य उद्देश्य

बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान