गण्डकी प्रदेशसभाको अधिवेशन शुक्रबारका लागि आह्वान



गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गते शुक्रबारका लागि आह्वान गरिएको छ । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३ बजेका लागि प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्ने तयारी छ ।

२५ चैतमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र एक जना स्वतन्त्र सांसदको समर्थन देखाएर अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

सभामुखलाई पनि गणना गरेर बहुमत पुर्याएपछि कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यसमा अदालतले कुनै दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतले अर्को पेसी १० वैशाखलाई तोकेको छ । तर, त्योभन्दा अघि नै मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि स्वास्थ्यमन्त्री यादवको जोड

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका

सहकारीमा डुबेको आमनागरिकको ४९ अर्ब फिर्ता होला ?

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि

इलाम–२ मा रास्वपाका उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६

इलाम – २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का